
पेट्रोलियम /ग्यास ३ नम्बर शाखाको अध्यक्षमा सन्जिव सुवेदी चयन :


नेकपा माओवादी केन्द्र पेट्रोलियम तथा ग्यास ३ नं उपशाखाको भेला सम्पन्न भएको छ शाखा अध्यक्ष राजकुमार महर्जनको अध्यक्षतामा शाखा ईन्चार्ज शिव पोख्रेलको प्रमुख आतिथ्य तथा महाशाखा सदस्यहरू चिज ढकाल,जगत श्रेष्ठ, शाखा कमिटी सचिव नबराज भट्ट लगायतको अतिथ्यतामा भेला सम्पन्न भएको छ !
भेलाले संजिव सुवेदीको अध्यक्षतामा ७ सदस्य कार्यसमिति निर्बाचित गरेको छ जसको उपाध्यक्षमा रमाकान्त चौधरी,सचिब क.सुरेश थापा,कोषाध्यक्ष भिमसेन भट्ट र सदस्यहरू सुदिप कार्की,शिव श्रेष्ठ,विशाल के.सी चयन गरेको छ। भेलाले १५ दिनभित्रमा ५ वटा सेल कमिटी गठन गरिसक्ने, पार्टी सदस्यता अपडेट गर्ने, क्यालेण्डरमा व्यवस्था भए बमोजिम बैठकहरु राख्ने, संगठनात्मक संरचनालाई ब्यवस्थित गर्ने तथा पेट्रोलियम शाखाको संचार डेस्कलाई सहयोग गर्ने र श्रमिकका तत्कालीन तथा दीर्घकालीन समस्यालाई क्रमश हल गर्ने, सामाजिक सुरक्षा कार्यन्वयनमा थप योजना र आवश्यक परामर्श गरी अभियान चलाउने लगायतको निर्णय गरेको छ।