
नेकपा बहुमतले गर्यो पुर्ब उपराष्ट्रपतिको निवासमा कालो ब्यानर प्रदर्शन।


धर्बेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतको ३ नम्बर ब्युरोले आज पुर्व उपराष्ट्रपति नन्द किशोर पुनको निजी निवासमा कालो ब्यानर टासेर प्रदर्शन गरेको छ।
शो पार्टीले जनयुद्धको फौजी कमान्डर र देशको उपराष्टपति बनेको ब्यक्तिको सुबिधा सम्पन्न बंगला निर्माणको स्रोत के हो भनि प्रश्न गरेको छ।भ्रष्टचार बिरुद्धको जनएकता अभियानलाई थप सशक्त बनाइ रफदारमा लाने र २०४६ साल यता देखिको राष्ट्रप्रमुख विशिष्ट ब्यक्तिको सम्पत्ति छानबिन गर्न जन संंघर्ष अभियानको थालनी गरेको हो।
यस अघि नेकपा बहुमतले पत्रकार सम्मेलन मार्फत भ्रष्टाचारको छानबिन बैंक, लघुवित्त र सहकारी तथा मिटरब्याजविरुद्ध देशभर संघर्ष गर्ने निर्णय गरेको थियो । अहिलेसम्मका राष्ट्रप्रमुख, प्रधानमन्त्रीहरू, मुख्यमन्त्री, मन्त्रीहरू, नियोगका प्रमुख, सुरक्षा निकायका प्रमुख, मुख्य सचिवलगायतको कर्मचारीको सम्पत्ति छानबिनका लागि दबाब सिर्जना गर्ने संघर्षको घोषणा गरेको थियो।