
नेकपा बहुमतको मसाल जुलुस प्रदर्शनमा प्रहरी हस्तक्षेप तीन घण्टा पछि नेताहरू हिरासत मुक्त ।


देश भरि भइरहेको चर्को बैंक ब्याजदर ,मिटर ब्याज आतंक ,लघुबित्त आतंक ,सहकारी आतंक लगायत भ्रष्टाचार र राष्ट्रघाति कदम बिरुद्ध साझ धर्बेन्द्र बास्तोला नेतृत्वको नें.क.पा बहुमत काठमाडौ जिल्ला संगठन समिति र जबस मोर्चाले संयुक्त रूपमा काठमाडौमा बिसाल मसाल जुलुस प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको गरेकाे छ।
मसाल जुलुस डिल्ली बजार पुतलीसडक परिक्रमा गर्दे शान्ति बाटिका तिर जाने क्रममा पद्यकन्या कलेज नजिकै पुगे पछि प्रहरीले हस्तक्षेप गरेको थियो । पक्राउ परेका नेकपा बहुमतका ९ जना नेता तीन घण्टा पछि हिरासत मुक्त भएका छन् । पार्टीको काठमाडौं जिल्ला सेक्रेटरी गोकुल पराजुली, अखिल (क्रान्तिकारी) सह–संयोजक वीरेन्द्र साह, झलक विक, अखिल क्रान्तिकारीका उषाकिरण आजाद, गोविन्द विष्ट, रमेश सुनार, मिमबहादुर ऐडी, लक्ष्मी पाण्डे, विक्रम पौडेललगायतलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।