
सुनको भाउ हाल सम्म कै उच्च ।


नेपाली बजारमा आज (शुक्रवार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम भएको छ।
लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
यसअघि गत भदौ २१ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।
उक्त दिन सुन प्रतितोला एक लाख ५३ हजार तीन रूपैयाँमा कारोबार भएको थियो।
आज सुन प्रतितोला एक लाख ५६ हजार तीन सय पुगेको छ। ।
नुवाकोट सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५६ हजार ३00 रूपैयाँमा कारोबार भइरहेको छ।