
जनयुद्धको झल्को दिनेगरी नेकपा (बहुमत)को कालोमोसो कारबाही ।


धर्वेन्द्र बास्तोला नेतृत्वोको ने.क.पा (बहुमत) ५ नं ब्युरोले दाङको घोराही– १४ का एक कुख्यात मिटरब्याजी माथि जनकारबाही गरेको छ । दुर्गाप्रसाद पन्थको नामले परिचित उनलाई सो पार्टीले पटक पटक सुध्रिनको लागि मौका दिए पनि अटेर गरेपछि बाध्य भएर जुत्ताको माला, र कालोमोसो दलेको जनाएको छ।
उक्त घटना पछि सो पार्टीले प्रेस विज्ञप्ति जारी गर्दै, स्थापनाको छोटो अवधीमै आम शोषित, पिडित, श्रमिक तथा उत्पीडित जनताको आशा, अपेक्षा, भरोशा र विश्वासको केन्द्र बन्न सफल भएको कुरा उल्लेख गर्दै , जनता विरुद्ध भइरहेका सबैखाले शोषण, दमन र उत्पीडनका विरुद्ध आन्दोलनको आधीबेहरी बनेर उभिने अठोड गरेको छ। त्यसैगरी सुदखोर मिटरव्याजी र करछली बिरुद्धको अभियान झनै सशक्त बनाएर अघि बढ्ने स्पष्ट पारेको छ।
जन्म स्थल गुल्मी रहेका पन्थले झन्डै ३०० भन्दा बढी जग्गा धनी पुर्जा आफ्नै नाममा गरेको र आफ्नै निवासमा कार्यालय नै खोलेर मिटर व्याजको लुट धन्दा चलाएको सो पार्टीले पुष्टि गरेको छ। विभिन्न शक्तिकेन्द्र र सत्तासीन पार्टीको आडमा उनले चर्को ब्याजदरमा ऋण लगाएर अरबौंको सम्पत्ति जोडेको विभिन्न शक्तिकेन्द्र र सत्तासीन पार्टीको आडमा उनले चर्को ब्याजदरमा ऋण लगाएर अरबौंको सम्पत्ति जोडेको रहस्य बाहिरिएको छ।
यस्तो छ उनका मिटर ब्याजी धन्दाका नाली बेली :
सुरुमा न्यु पन्थ इन्टरप्राजेज घोराही -१० मा प्लास्टिकका भाडाकुडाको व्यापार व्यबसाय गर्ने उनी २०७१ देखि भने उनी कुनै पनि पेशा व्यवसायमा छैनन। स्थायी लेखा नं ३००२२३२७७/३३७ भएको न्यु पन्थ इन्टरप्राइजेज ले आन्तरिक राजस्व कार्यालय तुल्सिपुरका अनुसार उनले राज्यलाइ तिर्नु पर्ने कुनै पनि राजस्व तिरेको छैनन् । नीज पन्थले तिलकराम र देवकला कि छोरी मेनुका भनिने कमला पन्थ सङ्ग बिहे गरेका छन भने उनी हरु बाट एक छोरी र एक छोरा छन । छोरी एलिना पन्थ मेडिकल डाक्टर हुन भने छोरा अनिश पन्थ व्यवस्थापन संकायमा ग्र्याजुयट गरेका छ्न। पन्थको जन्मभुमि गुल्मी भए पनि कर्मभुमी दाङ बनाएर बसेको लामो समय भयो । हाल उनी दाङ स्थित घोराही – १४ का स्थायी बासिन्दा हुन ।
झन्डै ३०० भन्दा बढी जग्गा धनी पुर्जा आफ्नै
# दुर्गा प्रसाद पन्तलाई कारबाही किन ??
१. मिटरव्याजीको नाइके भएको ।
२. नामुद सुदखोर भएको ।
३. जाली तमसुक कागज चेक लिएर जनतालाइ सास्ती दिएको।
४. चक्रीय व्याज दर लगाइ जनतालाइ वेघरबार बनाएको ।
५. वित्तिय आतंक मच्चाएको ।
६. अवैध ढंगले अकुत सम्पत्ति जोडेको ।
७. राजस्व छली गरेको ।











