
भाटभटेनी बारे प्रष्ट पारेकोमा प्रचण्डले ओलीलाइ दिए बिशेष धन्यबाद।


काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रचण्डले केपी अोली माथि व्यंग्य गर्दै बिशेष धन्यबाद व्यक्त गर्नु भएको छ। भाटभटेनी सुपर मार्केट कस्को हो पटकपटक प्रचण्डकै यसमा लगानी छ भन्ने कुराले आफुले हैरानी खेपेको सुनाउदै उहाँले जुन जुन भ्रम थियो म माथि पनि विभिन्न आरोप थियो त्यसमा अोली स्वंयमको संलग्नताले एमाले पार्टी भवन बनाउन दिएको दानले प्रमाणित गरेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सहकारी ठगी प्रकरणमा रबि लामिछाने पक्राउ बारे बोल्दै उनले ,आजको यो सभा कसैको लागि बचाउन गरिएको होइन, माओवादी हिजो सरकारमा रहँदा र आज बाहिर हुँदा पनि सहरकारी पीडितहरूले न्याय पाउनुपर्छ भन्ने पक्षमा रहेको स्पष्ट पारे ,आफू नेतृत्वको सरकारले भ्रष्टाचारविरूद्धको कारबाही चलाउँदा सिआइबी प्रमुखसँगको भेटमा प्रचण्ड नै दोषी देखिए पनि पक्राउ गर्नु भनेको कुरा स्मरण गराउदै उहाँले लामिछाने निकाल्न भनेर गरिएको कार्यक्रम भनेर बदनाम गर्न खोजेकोमा दाहालले आक्रोश ब्यक्त गरेका छन्।
सहकारी ठगीको विषयमा ओलीले संसदीय छानबिन समिति बनाउने कुराको विपक्षमा रहेका बेला आफूले लामिछानेलाई छानबिन समितिका लागि सुझाव दिएको र निर्दोष प्रमाणित गर्न भनेको बताए।’