काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले चाड पर्व सकिएलगत्तै निर्माण कार्यले तिव्रता पाउने गरी वातावरण निर्माण गर्न सरकारलाई आग्रह गरेका छन् ।
सरकारले दशैँ अघि पर्याप्त भुक्तानी नदिएपनि अब तिहारपछि, उनकै भाषामा सार्वजनिक खरीद नियमावलीको संशोधनले बिगारेको काम सपार्ने गरी वातावरण बनाउने विश्वास व्यक्त गरे ।