स्वयम्भू स्थित रहेको मनमोहन मेडिकल कलेज तथा शिक्षण अस्पतालले बिरामीको जीवन माथि खेलवाड गर्दै पैसाको लुटधन्दा मच्चाएको छ।
गत साता सुर्खेत धर भएकी कोकिला पुन अचानक गम्भीर रोगको कारणले शो अस्पतालमा भर्ना भएकी थिइन्। तर हप्ता दिन बितिसक्दा पनि बिरामीको अवस्था र रोग बारे अस्पताल बाट चरम लापरबाही हेलचेक्राइ बढ्दै गएपछि चिकित्सक संग उनका आफन्तले पटकपटक भेटेर बिरामीको अवस्था कस्तो छ भनेर जानकारी लिने प्रयास गरेका थिए, के बिरामी ठिक हुन्छ, हुदैन, हाम्रो आर्थिक अवस्थाले धान्न नसकिने भयो डाक्टर साब , भन्दा धन्दा नमान्नुस तपाईंको बिरामीको एकदम राम्रो सुधार भैरहेको भन्दै डाक्टर पन्छिने गरेका थिए अस्पताल, त्यस्तो संवेदनशील क्षेत्र हो, जहाँ सामान्य त्रुटि पनि क्षम्य हुनु हुँदैन, त्यस्तो क्षेत्रमा मानिसको जीउज्यानै तलमाथि पर्ने लापरबाह प्रवृत्ति बढ्नु गम्भीर चिन्ताको विषय हो ।
मनमहोन अस्पताल लापरबाहीको एउटा प्रतिनिधि मात्रै हो, नेपालको अधिकांश अस्पतालहरू यस्ता किसिमका लापरबाहीलगायत अनेकखाले आर्थिक लुट र विसंगतिबाट भरिएको छन् । त्यस माथि बिरामी माथि अस्पताले समयमै औषधोपचार नपाएर अकालमै मृत्युवरण गरिरहेछन् सुविधा सम्पन्न अस्पताल छ, त्यहाँ पनि अनेक समस्या छन् ।
बिरामी भेन्टिलेटरमा राखेर कृत्रिम स्वास दिएर आधुनिक मिटर ब्याजी धन्दाको खेती अस्पताले गरिएको घाम झै छर्लङ्ग देखिन्छ। चकित्सकीय लापरबाहीका कारण बेलाबखत बिरामीले अनाहकमा ज्यान गुमाएका प्रशस्त घटना भेटिन्छन्। जसले गर्दा चिकित्सक र बिरामीबीच विश्वसनीय सम्बन्ध विकास हुन सकेको छैन । बिरामीहरू भय र आशंकाबीच उपचार गर्न बाध्य छन् । सुचनाको मौलिक हक हनन संगै यस किसिमको कार्यले सेवा सेवाग्राही माथि गरेको अत्याचारले सिमा नाघेको छ। तर एक्कासि शुुक्ररबार भने डाक्टरले बिरामीको आफन्त बोलाई तपाईंको बिरामीको रोगको उपचार नहुने भयो भन्दै, हामीले सक्दो प्रयास गरेका हौ ,अब संभव छेैन भनि डाक्टरले बिरामीलाई घर लान सुझाब दिए पछि आफन्त सबै प्रशासनमा गएर हिसाब किताब गर्दा झन्डै पन्ध्र लाख जतिको बिल आयो भएको रकम सबै खर्च भयो हामीले कहाँ बाट ल्याउने त्यति धेरै पैसा अस्पताले आफुहरुलाई घर न घाटको बनाएको उनीहरू मध्येका एक सदस्यले नगर बिकास डटकमलाई गुनासो पोखे । केही रकम छुटको लागि हारगुहार गर्दा पनि नमानेपछि सबै संग ऋण धन गरेर बिरामी अस्पताल बाट त ल्यायोेेेेेै अब लाने कहाँ त्यहीँ पिडितको आक्रोश हो यो।
यसअघि पहिले ठमेलको मनमहोन अस्पतालमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमित बजार अनुगमनका क्रममा सेवाग्राहीसँग बढी शुल्क लिएको भन्दै ठमेलस्थित मनमोहन मेमोरियल अस्पताललाई कारवाही गरेको थिय।ो अल्ट्रा साउण्ड (यूएसजी) सेवाशुल्कमा बढी मूल्य लिएको भन्दै उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम दुई लाख ५० हजार जरिवाना गराएको हो।