मेडिकल व्यवसायी ,दुर्गा प्रसाईंले किर्ते कागजात देखाएर प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गलत आक्षेप र भ्रामक अफबाफ फैलाएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको छ।
कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ३२ अर्ब लगानी गरेको भन्दै कुनै ब्यक्तिले देखाएको भिडिओ कलमार्फत अपुष्ट कागजात सार्वजनिक गरेपछि नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सीआइबी)को टोलीले उनको निवास भक्तपुरबाट पक्राउ गरेको हो।
सिआइबी प्रवक्ता एसपी होबिन्द्र बोगटीका अनुसार जिल्ला अदालत काठमाडौंबाट मंगलबार बिहान पक्राउ पुर्जी लिएर पक्राउ गरेको हो
उनीमाथि किर्ते र विद्युतीय अपराध नियन्त्रण ऐन अन्तर्गतको कसुरमा अनुसन्धान सुरु हुने सिआइबी प्रवक्ता एसपी होबिन्द्र बोगटीले जानकारी दिएका छन्।