दाङ —नेकपा (बहुमत) पार्टी दाङ जिल्ला संगठन समितिले बिहीबार मिटरब्याजी धन्दा चलाएका एक दम्पतीमाथि नाक काटेर जनकारबाही गरेको छ ।
दाङको घोराहीउपमहानगरपालिका १५ निवासी धर्मबहादुर बस्नेत र उनकी श्रीमती माधवा बस्नेतको नाक काटेर जनकारबाही गरेको नेकपा (बहुमत)का दाङ जिल्ला सेक्रेटरी अमरले जनाएका छन् ।
बस्नेत दम्पतीले सर्वसाधारणसँग मिटरब्याजका नाममा ठगी गरेको, नक्कली तमसुक बनाएर मुद्दा दिने गरेको र पीडितहरुलाई अत्याचारगरेकाले कारबाही गरेको विज्ञप्तिमा उल्लेख छ ।