मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई , काठमाडौं जिल्ला अदालतले ५ दिन हिरासतमा राख्न अनुमति

चर्चित  ,मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई  काठमाडौं जिल्ला अदालतले ५ दिन हिरासतमा राख्न म्याद थपको अनुमति दिएको छ।

आइतबार न्यायाधीश कमला पौडेलको इजलासले प्रसाईलाई थप ५ दिन हिरासतमा राख्न आदेश दिएको हो

प्रसाईका छोरा नीराजनले शुक्रबार सर्वोच्चमा बन्दी कोषको निवेदन दायर गरेका थिए । उनले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र काठमाडौं जिल्ला अदालतलाई प्रतिवादी बनाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर अपराध गरेको आरोपमा साइबर क्राइमको आरोपमा सिआइबीले प्रसाईलाई मंगलबार भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरेको थियो।

प्रसाईलाई विद्युतीय कारोबार ऐनको दफा ४७ अन्तर्गत अनुसन्धानका लागि पक्राउ गरिएको हो। उनीमाथि अन्य कसुरमा पनि प्रहरीले अनुसन्धान गर्ने तयारी गरिरहेको प्रहरीले जनाएको छ।

 

 

LEAVE A REPLY