सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत गरे संगै चीन भ्रमणबाट फर्किदा के कोसेली आउछ भन्नेमा निकै चासोका साथ हेरिएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरेको हो। सो बारे संंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले जानकारी दिएका छन् उनकाअनुसार सरकारी र निजी क्षेत्र गरी भ्रमण टोली ८७ सदस्यीय रहनेछ। सरकारी खर्चबाट जाने टोली ३९ सदस्यीय रहनेछ। प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीस्वरुप अघिपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चीनको छन्दु पुगेकी छन्। चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा औपचारिक भ्रमण गरेकी हुन् ।
परराष्ट मामिला जानकारहरुले चीनको महत्त्वकाङ्क्षी बेल्ट एण्ड रोड परियोजनाको कार्यान्वयन तत्कालका लागि नेपालले थाती राख्ने अवस्था आफुहरुले देखेको बताएका छन् ।चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) रणनीतिक योजनाका विषयमा केही सातादेखि नेपालमा व्यापक चर्चा छ । सामाजिक सञ्जाल, राजनीतिक भेटघाटमा मात्र होइन प्रधानमन्त्री केपी शर्मा ओलीको छिमेकी मुलुक भारतविरुद्ध ‘रिस फेर्ने हतियार’ नै यही हो भनेजसरी प्रचार भइरहेको देखिन्छ । परराष्ट मामिला जानकारहरुले चीनको महत्त्वकाङ्क्षी बेल्ट एण्ड रोड परियोजनाको कार्यान्वयन तत्कालका लागि नेपालले थाती राख्ने अवस्था आफुहरुले देखेको बताएका छन् ।