घर बगाएपछि गीताले पाइन् ट्रेड युनियन महासंघको साहारा।

शुक्रबार, १४ मङ्सिर

काठमाडौँ ।  बाढीले घरबास बगाएर घरबार बिहिन भएकी भक्तपुर बिरुवा बस्ने६७ वर्षीया गीता पौडेललाई सहयोग सामग्री प्रदान गरिएको छ।नेकपा (बहुमत) निकट अखिल नेपाल क्रान्तिकारी  ट्रेड युनियन काठमाडौ जिल्ला संगठन समिति र  युनियनकै  फर्निचर निर्माण इकाई मुल कमिटीको संयुक्त सहकार्यमा जसता, ,कार्पेट, खाट ,लगायत सामाग्री साहेता गरेको हो। काठमाडौ  जिल्ला संयोजक दुर्गा सिजापतीको   संयोजकत्वमा २०८१/८/१४ गते आजका दिन उक्त सहयोग सामाग्री वितरण गरेको महासंघले जनाएको छ। मानवीय संकटको समयमा उघार, राहत र पस्नस्थार्पनाका लागि आवश्यक पहलकदमी लिनका लागि महासंघ हरपल तत्पर रहेको सिजापतीको भनाइ छ।गएको बर्ष आएको बाढीका कारण घर बार बिहिन हुदाको पिडा सुनाउदै,गीताले भनीन् नेताहरु भोट माग्न घरघरमा नमस्ते गर्दै आउछन् अनि आफ्नो स्वार्थ पुरा भएपछि जनतको अवस्था के छ भन्ने उनीहरुले  केही  मतलब नै राख्दैनन् ।  हामी  बेसाहारा बनेको बेला मजदुर संगठनका सरहरु  आएर हामीलाई यति ठुलो सहयोग गर्नु भो उहाँहरुले गरेको साथ सहयोग  प्रति म उहाँहरुलाइ मुुरीमुरी धन्यबाद दिन  चाहान्छु ,उनले नगर बिकास डटकमलाई  बताइन्

 

LEAVE A REPLY