गगनलाई प्रचण्डले दिए एक्शन काउन्टर।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्डले  गगन थापालाइ काउन्टर दिएका छन।  सत्ता परिवर्तनको लागि देउवालाई प्रधानमन्त्री  बनाउन  काँग्रेससँग पहलगरेको भन्ने  झुटको खेती भएको बताएका छन् ।

शनिवार निजी निवास खुमलटारमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । केही दिनअघि कीर्तिपुर उपनिर्वाचनको चुनावी सभामा नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अध्यक्ष दाहालले हप्ताको दुई-तीन पटक नेपाली काँग्रेससँग प्रधानमन्त्री बन्न आग्रह गरेको बताउनुभएको थियो । सोही बारेमा सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले सत्ता परिवर्तनको कुरा आफूले अघि नबढाएको दाबी गर्दै ०८४ सम्मकै सरकार चलाउन बारम्बार सार्वजनिक मञ्चहरुमार्फत आग्रह गरेको बताउनु भयो ।

उहाँले महामन्त्री थापालाई आफूले युवा नेताको रुपमा धेरै संवाद र सहकार्य गर्ने गरेको बताउँदै पछिल्ला केही महिना यता धेरै परिवर्तन भएको पाएको बताउनु भयो । जनतालाई झुटो बोलेको देख्दा महामन्त्री थापाप्रति दया लागेको उहाँको टिप्पणी थियो । काँग्रेस सभापति शेरबहादुर देउवासँग आफ्नो सरकार परिवर्तनको बारेमा प्रत्यक्ष र परोक्ष रुपमा कुरा नभएको दाबी गर्नुभयो । महामन्त्री थापालाई आफ्नो अभिव्यक्तिबारे आत्मसमीक्षा गर्न सुझाव दिनुभयो ।

LEAVE A REPLY