नेकपा (बहुमत)को कालो सुचिमा परे पर्यटक व्यवसायी कर्ण शाक्य।

0
7

सार्वजनिक जग्गा दोहन गरी  एक छत्र राज गरी आफ्नो अड्डा जमाएर त्यसको ब्यापारीक लाभ लिने  र राज्यलाइ खरब भन्दा बढी  ऋणको भारी बोकाइ देशलाई नै कंगाल बनाउने कुख्यात ब्यापारीहरुका बिरुद्ध नेकपा (बहुमत) पार्टीले नयाँ  जनकारबाही अभियानको थालनी गरेको छ।

नेपालका  नामी पर्यटक व्यवसायी कर्ण शाक्यले संचालन गरेको  पोखराको फेवाताल किनारमा रहेको वाटर फ्रण्ट होटलको पर्खाल नेकपा (बहुमतले) भत्काइदिएर नयाँ जन कारबाही अभियान थालनी  गरेको हो।  शनिवार कास्की जिल्ला इन्चार्ज सुजन आयाम र सेक्रेटरी अनवरतको नेतृत्वमा गएको टोलीले तालको मापदण्ड मिचेर बनाइएको उक्तपर्खाल यसअघि  सर्वोच्च अदालतले गरेको फैसला र  तत्कालिन नगर विकास समितिको टोलीले तयार पारेको प्रतिवेदन कार्यान्वयन नगरेको र त्यसको पुरै व्यवस्था गरेको भन्दै नेकपा (बहुमतले ) त्यसको बिरोध स्वरुप सुरुवाती चरणको कारबाही गरेको हो।  निवर्तमान  मेयर मानबहादुर जिसी र   व्यवसायी कर्ण शाक्यलको मिलेमतोमा  उक्त एरिया हडपेको  नेकपा  (बहुमतले) दाबी गरेको छ।  सर्वोच्च अदालतले गरेको फैसला माथि कानुनको धज्जी उडाएको र चल्तीको उखान  ठुुलोलाई  ऐन सानालाई चैन भने झै यो घटना बाट प्रमाणित भएको छ।

 नेकपा ( बहुमतले )सार्वजनिक जग्गा हडपेकालाई मात्र नभइ सहकारी ठगी गर्ने  मिटर व्याजीका साहु महाजन बिरुद्ध पनि खरो रुपमा  संंघर्षमा उत्रिएको छ। केही साता अगाडी मात्र चर्को व्याज  (मिटर ब्याज) लगाएर पैसा असुल्ने गरेका एक  दम्पतीलाई पटकपटक चर्को व्याज नउठाउन चेताउने दिदा समेत  अटेर गरेपछि सो    पार्टीका कार्यकर्ताले नाक नै  काटिदिएको छन्।  दाङको घोराही उपमहानगरपालिका १५ निवासी धर्मबहादुर बस्नेत र उनकी श्रीमती माधवा बस्नेतको नाक काटेको हो। र दाङकै  घोराही– १४ का  एक कुख्यात  मिटरब्याजी माथि  पनि नेकपा (बहुमतले)  जनकारबाही गरेको छ ।  दुर्गाप्रसाद पन्थको नामले  परिचित  उनलाई सो पार्टीले  पटक पटक सुध्रिनको लागि मौका दिए पनि  नसुध्रिएपछि  बाध्य भएर  जुत्ताको माला,  र कालोमोसो  दलेको शो पार्टीले जनाएको छ।
यसअघि नेकपा ( बहुमतले)  संघर्षका कार्यक्रम अन्तर्गत  भाटभटिनीका संचालक मीन बहादुर गुरुङ्ग नेपाली कांग्रेसका नेता तथा पुर्व मन्त्री उमेश श्रेष्ठ र उद्योग बाणिज्य  महासघंका अध्यक्ष चन्द्र ढकाल लगायतलाई सो पार्टीले कालो सुचिमा राखेको छ।  उनिहरुको लगानीमा रहेको
  काठमाडौको कलंकी खसी बजारमा रहेको भाटभटिनी र दरबार मार्गमा रहेको होटल, डेल, अन्नपूर्ण, अतिक्रमण गरी संचालन गरेको पाइएको छ।

LEAVE A REPLY