पोखराको फेेवातालमा, बिचौलीयाको राजकाज।

0
6

मङ्गलबार, १८ मङ्सिर २०८१,

काठमाडौ : पोखरास्थित फेवातालको मापदण्ड मिचेर बनाइएको अबैध संरचना सर्वाेच्च अदालतले हटाउन सरकारका नाममा निर्देशात्मक आदेश  जारी गरे पनि जनप्रतिनिधि र  बिचौलीयाको बलमा त्यहाँ रहेका व्यवसायीले अटेर गरेर कानुनको धज्जी उडाएका छन् ।

तत्कालीन नगर विकास समितिले  तयार पारेको प्रतिवेदन र  अदालतले  गरेको फैसला उपर  जनप्रतिनिधिले  बेवास्ता गर्दा यो अवस्था आएको  जानकारहरुले बताएका छन्। नेपालका चर्चित  पर्यटक व्यवसायी  कर्ण शाक्यले तालको  ६५ मिटर क्षेत्रमा  रहेको  निर्मित  संरचना  हटाउन अदालतले दिएको आदेशलाई आफुले  सम्मान गर्ने बताएका थिए ।  तर  कार्यनयन प्रकृयामा भने शंका उत्पन्न भएको देखिन्छ ।   पोखराको फेवाताल किनारमा रहेको आफुले संचालन गरेको  वाटर फ्रण्ट होटल  ६५ मिटर क्षेत्र भित्र नपर्ने उनको अडान छ ।

विश्व सिमसार सम्पदा  सूचीमा सूचीकृतको तयारीमा रहेको   फेवाताल फेवा किनारादेखि ६५ मिटरसम्म एक हजार दुई सय रोपनी जग्गा अतिक्रमण गरेर बनाइएका कम्तीमा ४ सय ९३ स्थायी तथा अस्थायी संरचना भत्काउनुपर्नेछ । २०७५ वैशाख १६ गते सर्वोच्चअदालतले फेवाताल अतिक्रमण गरेर निर्माण गरिएका संरचना गैरकानुनी भएको सर्बोच्चको  ठहर छ।

LEAVE A REPLY