
“भौतिक सुधार समिति”बहुउद्देश्यीले निर्माण गरेको भवनमा लायन्स क्लबको कब्जा।


महादेव खेाला स्थित ,भौतिक सुधार समितिले प्रयोग गर्दै आइरहेको, बालाजु बसन्तनगर काठमाडौ १६, स्थित मिनि पशुपतिनाथको रूपमा परिचित गुम्बा क्षेत्रको हाता भित्र रहेको करिब सात रोपनी जमिनमा बनेको उक्त संरचना भित्र समिति र लायन्स क्लबको मिलेमतोमा निति भन्दा बाहिर गएर मनोमानी ढंगले एकछत्र रुपमा हालीमुहाली गर्दे आएको पाईएको छ
अन्तराष्टिय सस्था लायन्स क्लब र समिति बीचको मिलेमतोमा उक्त भवनमा लायन्स क्लबले बिगत दस बर्ष देखि आफ्नो अड्डा जमाइरहेको तथ्य बाहिर आएको हो। अन्तराष्टिय संस्था लायन्स क्लबले यसरी सामुदायिक भबनमा बल मिचाइ गर्दा पनि सम्बन्धित निकायले कुनै पनि चासो देखाएको छैन। राज्यको उपल्लो शक्तिको पहुचमा अन्तराष्टिय संस्थाले प्रयोग गर्दे आएको भबन जुन नियम बिपरित रहेको छ।
सामुदायिक बहुउद्देश्यीय भवन अन्तरगत बालाजु अस्थाइ प्रहरी बिट राखिएको छ भने वरपर मठ मन्दिरले सजिएको छ। गार्मेन्ट उद्योग ‘क्रिया पुत्री’ सामान पसल,र चिया नास्ता पसल ,संचालनमा रहेका छन् ।बिगत लामो समयदेखि मन्दिर अगाडिको जग्गामा सटर निर्माण गरेर भाडामा लगाइएको स्थानीयको भनाइ छ।स्थानीयले गार्मेन्ट उद्योग पटकपटक हटाउन संस्थालाई दबाब दिदा समेत ब्यवास्था गर्दै आइरहेकोले त्यस बाट संस्थाकै केही ब्यक्तिहरुले लाभ लिइरहेको स्थानीयको आशंका छ।











