बहुमूल्य पत्थर छ भन्दै, ठगी गर्ने गिरोहको देशमा बिगबिगी-

0
21

-विभिन्न अलौकिक वस्तुहरुको प्रलोभन देखाएर  ठग्ने गर्ने गिरोह देशभर हुन थालेको छ।  यस्तै  जिल्ला धादिङ घर बताउने दिल बहादुर श्रेष्ठ उर्फ (सुनिल) नामले परिचित एक ब्यक्तिले बल्ने ढुङ्गा लगायत नागमर्णि र  बनझाक्रीको हड्डी ,छालाको पैसा जस्ता चिज छ भन्दै नाटकिय रुपमा  विभिन्न  ब्यक्तिहरुबाट पैसा  ठगी गरी फरार भएका छन्।

उनले धेरेेै ब्यक्तिलाइ फरक फरक  तरिकाबाट  प्रलोभन मा पार्ने र आफुले बल्ने  ढुङ्गाको काम सफल भएको भन्दै , एक अरब जति  रकम मेरो  बैंक  खाता मा आएको छ,र  बैंकिङ प्रक्रिया मिलाउन भनि  सिधा   सादा  मानिहरुलाई घर जग्गा समेत किनिदिने, झुटो, आश्वासन मा  पारि   ठुलो धनरासी  असुलेको  तथ्य  बाहिरिएको छ।  उनले हालसम्म फरक फरक  तरिकाबाट धेरै   मानिसहरु बाट  करोडौ भन्दा बढी रकम ठगी गरेको  उनी माथि आरोप छ।

सुनिलले बिशेष गरी महिला मान्छे  र श्रीमान बिदेश भएका एकल महिलालाइ आफ्नो  बहश मा पारी विभिन्न प्रपन्ज रची ,जाल बिछ्याइएर ब्ल्याकमेल गर्ने धम्काउने कुनै पनि ढंग ले पैैैसा ठगी गरेको रहस्य  खुलेको छ!हाल  उनको  अपराधमहाशाखा टेकु मा उजुरी परेको छ निज को खोजि कार्य  भैरहेको  प्रहरीले  जनाएको छ।

LEAVE A REPLY