सुस्मिता हत्या काण्ड : फरार युवक झुण्डिएको अवस्थामा फेला।

0
9

काठमाडौं : काठमाडौंको  पिंगलास्थानस्थित  रहेको बागमती  होटलको ३०८ नम्बरको कोठामा मृत भेटिएकी २१ वर्षीया युवती सुस्मिता खड्को हत्यामा आशंका गरिएका   युवक  देवबहादुर थापा पनि  मृत भेटिएका छन्।

सुनकोशी गाउँपालिका–३ सिस्नेरीका २३ वर्षीय थापा उनको गृह जिल्ला  ओखलढुङ्गाको सुनकोशी देवीस्थान जंगलमा  झुण्डिएको अवस्थामा  शनिवार फेला परेको ओखलढुङ्गाका डीएसपी कृष्ण खड्काले जानकारी दिए । साझ युवतीको साथमा  होटल संगै  गएका थापा भने केही समय यता फरार थिए ।    देवबहादुर र सुस्मिता पुस १६ गते (मंगलबार)  बस्न गएको होटलमा थापाकै नाममा प्रवेश  गरेको होटलको  विवरण बाट खुलेको छ।  सुस्मिताको शरीरको बाहिरी भागमा कुनै चोटपटक छैन।  ओखलढुंगा घर भएर जापान बस्दै आएका देव बहादुर थापाले  होटेलको कोठाको ढोका बाहिरबाट चाबी लगाएर भागेका थिए।ओखलढुंगा घर भएर जापान बस्दै आएका थिए।

सुस्मिता खड्का कलेजसँगै जापनिज भाषा पनि पढिरहेकी थिइन् ।  उनी स्नातक तह तेस्रो वर्षमा अध्ययनरत थिइन् । सुस्मिताको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ

LEAVE A REPLY