उखुबारीमा गाडेको अवस्थामा व्यवसायीको शव फेला।

0
8

बिगत, छ दिनदेखि बेपत्ता इँटाभट्टा सञ्चालन गर्दै आएका सर्लाही हरिवन नगरपालिका–१० घर भएका  ३९ वर्षीय हरिप्रसाद प्रसाईंको हत्या गरी उखुबारीमा गाडेको अवस्थामा शनिवार  प्रहरीले शव फेला पारेको छ।

गत पुस १५ गतेबाट बेपत्ता भएका प्रसाईं सोही  दिन  बिहान बरहथवा पैसा लिन जान्छु भनेर हिँडेको र साँझ अबेरसम्म पनि नफर्किएपछि परिवारले उनको  तिब्र  खोजी कार्य गरेका थिए। प्रसाईं नभेटेपछि  परिवारले १६ गते बेपत्ता भनेर   परिवारले  प्रहरीमा निवेदन दर्ता गरेका थिए। त्यसलगत्तै  प्रहरीले प्रसाईंको निरन्तर खोजी गरिरहेको थियो,’

शनिबार बिहान हरिवन नगरपालिका –१०, स्थित उखुबारीमा हत्या गरेर गाडेको अवस्थामा प्रसाईको शव फेला परेको प्रहरीले जनाएको छ ।घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ। अनुसन्धान कार्यमा बाधा पुग्ने भन्दै निजहरूको पहिचान भने गोप्य राखिएको प्रहरीले जनाएको छ।

घटनास्थलको प्रहरी उपरीक्षक  रवीन्द्रबहादुर सिंह, जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधीवक्ता, प्रादेशिक अस्पताल मलङ्गवाका चिकित्सकसहितको टोलीले  निरीक्षण गरेको थियो।

LEAVE A REPLY