शारीरिक सम्बन्ध राखेर पैसाको विवाद बढ्दा छुरा प्रहार गर्ने पक्राउ ।

0
6

शारीरिक सम्बन्ध राखेर पैसाको विवाद बढ्दै जादा  एक महिला माथि छुरा प्रहार गर्ने एक पुरुष पक्राउ परेका छन् ।

कपन बालुवाखानीस्थित सुकुमबासी बस्तीमा बसेर रत्नपार्क, पुरानो बसपार्क र भोटाहिटी क्षेत्रमा देह  व्यापारमा संलग्न युवती माथि छुरा प्रहार गर्ने शैलुङ गाउँपालिका– ५ का २२ वर्षीय रविन बस्नेलाइ प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार शारीरिक सम्बन्ध राखेर पैसा दिन नमानेपछि दुई जनाबीच विवाद भएको थियो। त्यसै क्रममा उनी छुरा प्रहार गरेर युवतीलाई घाईते बनाई भागेका थिए। वस्नेतले पहिलो पटक ती युवतीलाई ७ कात्तिकमा काँडाघारीस्थित आँखा अस्पताल पछाडिको फोहोर फाल्ने ठाउँमा रहेको झाडीमा लगेर शारीरिक सम्पर्क राखे र एक हजार रुपैयाँ दिएका थिए।

भोलिपल्ट फेरि युवतीलाई त्यहीँ बोलाए। युवती गइन्, तर शारीरिक सम्पर्कपछि पैसा दिन आनाकानी गरे। दुवैबीच विवाद भयो। त्यसपछि शरीरका विभिन्न भागमा छुरा प्रहार गरेर भागे। युवतीलाई रगताम्य अवस्थामा स्थानीयले उद्धार गरी वीर अस्पताल पुर्याएका थिए।

घट्नापछि अनुशन्धानमा जुटेको प्रहरीले बस्नेत पहिला सार्वजनिक यातायातको सहचालक र अहिले एक सिमेन्ट डिपोमा भरियाको काम गर्ने गरेको पत्ता लगायो। यसैगरी, युवतीसँग रहेको मोबाइल नम्बरका आधारमा उनी भागेर दोलखा पुगेको पत्ता लागेको थियो।

पक्राउ परेका वस्नेत अहिले प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा छन्। उनी विरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी परेको छ। जाहेरीको अध्ययन भइरहेको कारण कुन मुद्दा चलाउने भन्ने कुरा अध्ययनपछि मात्रै यकिन गरिने प्रहरीले जनाएको छ।

LEAVE A REPLY