
तारकेश्वरमा शिक्षकले पाएनन् चार महिना सम्म तलब।


माघ,काठमाडौ । बिगत चार महिना देखि तारकेश्वर नगरपालिकाको सामुदायिक बिद्यालयका शिक्षकले तलब नपाउदा ठुलो संकटको सामना झेल्न परिरहेको छ।
बालबालिकालाई उचित शिक्षा दीक्षा दिई अनुशासित, लगनशील र इमान्दार नागरिक बन्न प्रेरित गर्ने र शिक्षित बनाउन दिन रात नभनी खट्ने शिक्षकहरुको तलव नआउदा आफ्नो घर खर्च चलाउन, र परिवार धान्न, मुस्किल परेको शिक्षकहरुले गुनासो गरेका छन्।नगरप्रमुख र शिक्षा शाखा प्रमुखले गैरजिम्मेवारी देखाएर मागलाई ब्यवस्था गर्ने हो भने नगरपालिकाको गेटमै धर्ना कस्न बाध्य हुने शिक्षकहरुले चेेताउने दिएका छन् । शिक्षा शाखा प्रमुखले ”टेक्निकल कुरा र नया प्रशासकिय प्रमुख आउनमा ढिलाई भएकोले तारकेश्वरका सामुदायिक विद्यालयमा तलब दिन समय लागेको बताएका छन्। नगरपालिकाले शिक्षा क्षेत्रमा प्रत्येक बर्ष ९–१० करोड बजेट बिनियोजन गरे पनि शिक्षकहरुले तलब÷भत्ता र मेयर कपमा गरी ३–४ करोड मात्र बजेट खर्च भयको छ । त्यसमा पनि मेयर कपमा मात्र करिव आधा करोड बजेट खर्च गरिदै आयको तथ्याङ्कले नै देखाउँछ ।
तारकेश्वर नगरपालिका प्रमुख कृष्ण हरि महर्जनले चुुनाबी धोषणा पत्रमा शिक्षकहरुको तलब कुनै समयमा कुनै हालतले पनि नरोकिने प्रतिबद्धता जनाए थिए। तर ब्यबहारमा भने कानुनी राज्यको धज्जी उडाउदै नगरपालिका र वडा अध्यक्षले शिक्षक नियुक्ति देखि प्रधानाध्यापक नियुक्ती जस्ता कार्य सम्मानित सर्वोच्च अदालतको आदेश बिपरित गर्दे आइरहेरको नयाँ रहस्य बाहिरिएको छ।