गायक कार्की भन्छन् – र्याप गीतले समाजलाई जनचेतना दिन सक्छ ।

0
22
  • युवा सुजन कार्की सांगीतिक क्षेत्रमा सक्रिय छन । संगीतलाई जीवनको मुख्य उदेश्य बनाएका कार्कीको स्वर सुन्नेहरूले प्रसंसा गरेका छन् । हामीले उनले केही प्रश्न गरेका थियौ । उनले ती प्रश्नको सरल ढंगले यसरी जवाफ दिए । जुन प्रश्न उत्तर प्रस्तुत छ ।

१) तपाईंको बुझाइमा गीत हो ? किन गीतले हजारौं मानिसहरूलाई छुन्छ ?

खासमा गीत र संगीतको परिभाषा दिनलाई मसँग त्यस्तो शब्द त छैन । तर पनि मेरो बुझाइमा गीतले मुर्तरुप पाउन उत्कृष्ट शब्द, कर्णप्रीय संगीत र ओजिलो गायिकी चाहिन्छ । गीतमा सबै कुराको भाव संयोजन हुनुपर्छ भन्ने लाग्छ । गीत मनोरन्जनका लागी नभइ नहुने चिज पनि हो । अाफ्नाे मनका भावना ब्यक्त गर्ने एक माध्यम पनि हो ।

२) नेपालमा र्याप गीत सम्बन्धित धारणा कस्तो छ ?

नेपालमा अझैपनि प्राय धेरैजसो मान्छेले र्याप गीत भन्ने बित्तिकै छाडा हो र यसले समाजलाई बिगार्छ भन्ने बुझिरहेका छ्न । तर खासमा र्यापले गम्भीर सन्देश दिन्छ , समाज बिगार्दैन । चेतनालाई बढाउन सहयोग पुर्याउछ । र्यापमा धेरै बनावटी कुराहरु हुदैन । र्याप पनि समाजको एेना जस्तै हो ।
३)गीतलाई विशेषत : सुन्ने विधा भन्छन् तर पछिल्लो समय म्युजिक भिडियो नबनाईकन गीत हेरिदैन / सुनिदैनन , किन ?

खासमा गीत सुन्ने नै विधा हो । गीत सुन्नका लागी पनि अडियो प्ल्याटफर्महरु थुप्रै छन्। गीतलाई सुनेर मज्जा लिने लाखौं मानिसहरू छन् ।
म्युजिक भिडियोको महत्व भने बेग्लै छ। प्रबिधिको बिकाससँगै मान्छेहरुलाई सुन्नका साथसाथै हेर्ने पनि लत लागिसकेको छ । त्यति मात्र नभई कतिपय गीतको भाव शब्दले मात्र दर्शकहरुलाई प्रष्ट बुझाउन सकेको हुँदैन त्यस्तो अबस्थामा म्युजिक भिडियो मार्फत पनि भाव ब्यक्त गर्न सकिन्छ । उत्कृष्ट म्युजिक भिडियोले गायक , संगीतकार र कलाकार सबैको भावना समेटन सक्छ ।

४) गीत संगीतलाई व्यवसायिक बनाउन के गर्न सकिन्छ ?
मेला, महोत्सब र इभेन्टहरु अझै धेरै गरिनुपर्छ । त्यसैगरि रोयल्टी सङ्कलन हुनुपर्छ। त्यति मात्र नभइकन युट्युब जस्ता प्ल्याटफर्म नेपालमै बनाउन सकियो भने अझ राम्रो हुन्थ्यो । यसमा सरकारले पनि विशेष ध्यान दिनुपर्छ।

तपाईंलाई मनपर्ने पाँच गीतहरु कुन कुन हुन ?
१) ड्रग एडिक्ट (भि-टेन)
२) सामान निकाल ( नवाज अन्सारी)
३) बुडि २ (५:५५)
४) एकतर्फी माया (हर्भर्ड)
५) प्लान बि ( शुसान्त के.सी, योद्धा)

LEAVE A REPLY