माफियाको चलखेलमा कुलमानाइ हटाएपछि विद्यार्थीले गरे पुत्ला दहन।

माफियाको चलखेलमा कुलमानाइ हटाएपछि विद्यार्थीले गरे पुत्ला दहन।

0
10

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको विरोधमा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले यो प्रदर्शन गरेको छ।

काठमाडौंको प्रदर्शनीमार्गमा विद्यार्थीहरुले ऊर्जामन्त्री दीपक खड्काको पुत्ला जलाएका हो।

प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पस अगाडि भएको प्रदर्शनमा विद्यार्थीहरुले कुलमानको समर्थनमा र सरकारको विरोधमा नारा लगाएका थिए। प्रदर्शनको नेतृत्व एकीकृत समाजवादीका केन्द्रीय सदस्य सुदेश पराजुलीले गरेका थिए। जलिरहेको पुत्ला बोकेर विद्यार्थीहरु अगाडि बढेपछि प्रहरीले हस्तक्षेप गरी पुत्ला खोसेको थियो।

प्रदर्शनपछि बोल्दै पराजुलीले सरकारमाथि गम्भीर आरोप लगाए। उनले भने, “यो सरकारलाई उज्यालो मन पर्दैन, कालो धन र अँध्यारो मनपर्छ। त्यसैले सरकारले दलाल, माफिया र भ्रष्टाचारीहरुलाई संरक्षण गरेको छ।” उनले सरकारविरुद्ध देशभर आन्दोलनमा उत्रन सबैलाई अपिल समेत गरे।

LEAVE A REPLY