नगर प्रहरी र कर्मचारीको झगडाले महानगको अवस्था तनावग्रस्त ।

0
10

काठमाडौँ —काठमाडौं महानगरपालिकाका परिसर भित्र
प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईं महानगरपालिका कार्यालय पुगेका थिए सो क्रममा नगर प्रहरीले उनलाई  रोक्न खोजेपछि कर्मचारीले गुरागाईंको कार्यकक्ष प्रवेशद्वारमा तोडफोड भएको थियो।

महानगरपालिकामा  गुरागाईंलाई  रोक्न मेयर बालेन्द्र शाहले महानगर प्रहरी परिचालन गरेर  तमासा गेरेको भन्दै कोठा बसेर आदेश आदेश नदिन उपमेयर सुनिता डंगोलले शाहलाई चेतााउने दिएकी छिन्।

मेयर  शाहले   गुरागाईंको कार्यकक्षसमेत बन्द राख्न मौखिक   निर्देशन  थिए। हाजिर हुन महानगरपालिका पुगेका गुरागाईंलाई नगर प्रहरीले गेटमै अवरोध गर्न खोजेका थिए। तर, कर्मचारीहरूले रोक्न नदिइ उनलाई कार्यालय प्रवेश गराएका हुन्। गत पुस ७ गतेदेखि गुरागाईंलाई बिदामा राखिएको थिय

प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगरपालिकाका कर्मचारीले तीन महिनादेखि तलबभत्ता लिन पाएका छैनन्। महानगरपालिकाको सेवा प्रभावित छ।

गुरागाईँ कार्यालय पुग्दा कर्मचारीहरूको ठूलो समूहले बालेनविरुद्ध नारावाजी गरेका थिए।

कर्मचारीहरूकै सहयोगमा गुरागाईँ नगर प्रहरीको अवरोध छिचोल्दै अघि बढेका थिए। यस क्रममा निकैबेर कमलादीस्थित महानगरपालिकामा तनाव भएको थियो।

मेयर शाहले पुरानो बसपार्कस्थित काठमाडौँ टावरको प्रक्रिया पूरा नगरी भवन निर्माणको नक्सा स्वीकृत गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत गुरागाईंमाथि कारवाही गर्न छानबिन समिति बनाएका थिए। शाहले कार्यालय प्रवेशमै रोक लगाएपछि गुरागाईँले गत पुस ८ गतेदेाखि हाजिर गर्न पाएका थिएनन्।

LEAVE A REPLY