सञ्चिता शाहीको कडा प्रतिक्रिया: “माग्ने बुढा जस्तो कलाकारबाट यस्तो व्यवहार अपेक्षा थिएन”।

0
15

सञ्चिता शाहीको कडा प्रतिक्रिया: “माग्ने बुढा जस्तो कलाकारबाट यस्तो व्यवहार अपेक्षा थिएन”

काठमाडौं, जेठ १८ —
मोडल तथा  कलाकार सञ्चिता शाही ले वरिष्ठ कलाकार माग्ने बुढा (केदार घिमिरे) प्रति गम्भीर असन्तुष्टि व्यक्त गरेकी छिन्। माग्ने बुढाले आफूलाई “बिर्खेनी” भनेर सम्बोधन गरेपछि सञ्चिताले सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया दिएकी हुन्।

सञ्चिताले भनिन्, “मेरो नजरमा यदि कोही नराम्रो मान्छे छन् भने त्यो माग्ने बुढा हो। उहाँ जस्तो लेजेण्ड कलाकारले मलाई ‘बिर्खेनी’ भनेर नाम राखिदिनु भयो। त्यही भएर संसारमै मन नपर्ने नाम माग्ने बुढा हो।”

उनी थप भन्छिन्, “उहाँ सिनियर कलाकार हुनुहुन्छ, उहाँबाट हामीले धेरै कुरा सिक्न सक्छौं। तर उहाँले जुन स्टाटस लेख्नुभयो, त्यो अस्वाभाविक र पीडादायी थियो। यदि उहाँले मलाई छोरीझैं सम्झनु भएको भए, कुरा बुझेर, सोधेर मात्रै अभिव्यक्ति दिनुहुन्थ्यो होला।”

शाहीले आफूले “बिर्खेनी” भन्ने शब्द कहिल्यै स्वीकृत नगरेको स्पष्ट पार्दै भनिन्, “म बिर्खेनी होइन। कलाकारबीच दाजुभाइ र दिदीबहिनीको नाता हुन्छ। उहाँजस्तो कलाकारले यत्तिकै भनेर यस्तो नाम राख्नु उपयुक्त होइन।”

सञ्चिताले अन्त्यमा भनिन्, “हरेक मान्छेलाई बाहिरबाट जज गरेर प्याच्च बोल्नु भनेको आफ्नै लेभल डाउन गर्नु हो।”

यस प्रकरणले नेपाली मनोरञ्जन क्षेत्रमा नयाँ बहस सुरु गराएको छ। सामाजिक सञ्जालमा यसबारे पक्ष–विपक्षका मतहरू देखिन थालेका छन्।

LEAVE A REPLY