
नेपाल बन्दको चेतावनी : लिङ्देनले मागे कमल थापाको तुरुन्त रिहाइ


नेपाल बन्दको चेतावनी : लिङ्देनले मागे कमल थापाको तुरुन्त रिहाइ
काठमाडौं, जेठ १९ — राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा नेपालका अध्यक्ष कमल थापाको गिरफ्तारीको खबरप्रति आक्रोश व्यक्त गर्दै सरकारले तुरुन्त उनलाई सार्वजनिक नगरे कडा आन्दोलनको चेतावनी दिएका छन्।
लिङ्देनले भने, “यदि कमल थापा अहिले सार्वजनिक गरिएन भने भोलीबाट देशभर नेपाल बन्द सुरु हुनेछ।” उनले गृहमन्त्री र प्रहरी नेतृत्वलाई भद्रतापूर्वक आग्रह गर्दै तुरुन्त थापालाई पक्राउ गरिएको स्थानमा ल्याउन चेतावनीसमेत दिएका छन्।
उनले थपे, “यो लडाइँ अब एक ठाउँबाट होइन, पचास ठाउँबाट सुरु हुनेछ। यदि चाहनुहुन्छ भने अहिले मलाई नै पक्राउ गर्नुहोस् — तर कमल थापालाई तत्काल सार्वजनिक गर्नुस्।”
लिङ्देनले पूर्व प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाललाई संकेत गर्दै भने, “देश बर्बाद हुँदा तपाईहरूलाई केही हुँदैन होला, तर हाम्रो पुस्ताको भविष्य समाप्त हुन्छ।”