दुखद खबर: ‘मेरी बास्सै’ का नक्कली प्रचण्ड घनश्याम गौतमको निधन।

0
17

दुखद खबर: ‘मेरी बास्सै’ का नक्कली प्रचण्ड घनश्याम गौतमको निधन

काठमाडौं, जेठ २० – लोकप्रिय टेलिश्रृंखला ‘मेरी बास्सै’ मा नक्कली प्रचण्डको भूमिकाबाट चर्चामा आउनुभएका कलाकार घनश्याम गौतमको निधन भएको छ।

दुई वर्षदेखि क्यान्सर रोगबाट पीडित रहनुभएका गौतमको उपचारको क्रममा २०८२ साल जेठ २० गते, मंगलवार राति १२:१० बजे निधन भएको हो। सुरुमा उहाँको उपचार काठमाडौंको KMC अस्पताल, सिनामंगल मा भइरहेको थियो, पछि काठमाडौं क्यान्सर सेन्टर, ताथली भक्तपुर लगिएको थियो।

कलाकार गौतमले हास्यव्यङ्ग्यका माध्यमबाट नेपाली दर्शकको मन जित्न सफल हुनु भएको थियो। उहाँको निधनले नेपाली कला क्षेत्रमा अपूरणीय क्षति पुगेको छ।

स्व. घनश्याम गौतमप्रति श्रद्धाञ्जली अर्पण गर्दै, शोकसन्तप्त परिवारजनमा भगवानले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भन्ने कामना गरिन्छ।

LEAVE A REPLY