वामपन्थी नेता हरिकृष्ण गजुरेलको नेतृत्वमा कम्युनिष्ट समाजवादी पार्टी नेपाल गठन।

0
16

 

वामपन्थी नेता हरिकृष्ण गजुरेलको नेतृत्वमा कम्युनिष्ट समाजवादी पार्टी नेपाल गठन

काठमाडौं, २१ जेठ
वामपन्थी नेता हरिकृष्ण गजुरेलको संयोजकत्वमा नयाँ राजनीतिक दल कम्युनिष्ट समाजवादी पार्टी नेपाल गठन गरिएको छ। शनिबार ५१ सदस्यीय केन्द्रीय समिति गठन गर्दै गजुरेललाई संयोजकमा चयन गरिएको पार्टीले जानकारी दिएको छ।

पार्टीले समसामयिक राष्ट्र संकट समाधानका लागि ‘समाजवादी गणतन्त्र’ र ‘प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली’ लाई आगामी राजनीतिक विकल्पका रूपमा अघि सार्ने जनाएको छ। संयोजक गजुरेलका अनुसार यी दुई विषय पार्टीको मुख्य एजेन्डा बन्नेछन्।

गजुरेलले भने,

“संसदीय व्यवस्थाले अब मुलुकको स्थायित्व, सुशासन र समृद्धिको ग्यारेन्टी गर्न सक्दैन। यो व्यवस्था दलाल, माफिया र भ्रष्ट संरचनालाई संरक्षण गर्ने साधन मात्र भएको पुष्टि भइसकेको छ।”

पार्टीले अब देशव्यापी ‘राष्ट्रिय मुक्ति एकता अभियान’ सञ्चालन गर्ने तयारी गरिरहेको छ। अभियान अन्तर्गत देशका विभिन्न भागमा पुगेर जनतासँग अन्तरक्रिया, संवाद र सचेतना कार्यक्रम सञ्चालन गरिने गजुरेलले बताए।

कम्युनिष्ट समाजवादी पार्टीले आफ्नो मूल मन्त्र ‘स्वाधिन समाजवादी गणतन्त्र’ रहेको दाबी गर्दै शिक्षा, स्वास्थ्य, रोजगार र जीवनयापन सुनिश्चित गर्ने व्यवस्था यही मात्र सम्भव हुने बताएको छ।

हाल पार्टीले नेतृत्वका लागि संयोजक प्रणाली अपनाएको छ। आगामी राष्ट्रिय सम्मेलनमार्फत अध्यक्ष वा महासचिवको चयन गर्ने तयारी रहेको संयोजक गजुरेलले बताएका छन्।

“अहिले हामी संयोजक प्रणालीमा छौं। देशभर संगठन विस्तार गरेर प्रतिनिधित्व सुनिश्चित गर्दै सम्मेलनको तयारीमा लाग्नेछौं,” उनले भने।

LEAVE A REPLY