
महासचिव मोहन वैद्य ‘किरण’को स्वास्थ्य लाभको कामना गर्दै नेकपा (बहुमत) महासचिव कञ्चन त्रिवि शिक्षण अस्पतालमा।।


महासचिव मोहन वैद्य ‘किरण’को स्वास्थ्य लाभको कामना गर्दै नेकपा (बहुमत) महासचिव कञ्चन त्रिवि शिक्षण अस्पतालमा
काठमाडौं, जेठ २८ – क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव आदरणीय कमरेड मोहन वैद्य ‘किरण’ बिरामी भई हाल महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहेका छन्। उनको स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि अस्पतालमा भर्ना गरिएको थियो।
मोहन वैद्य नेपालको वामपन्थी आन्दोलनमा लामो समयदेखि क्रियाशील एक अग्रज नेता तथा जनयुद्धको वैचारिक मार्गदर्शकका रूपमा चिनिन्छन्। उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको चिकित्सकहरूले बताएका छन् भने नियमित निगरानीमा राखिएको छ।
यसैबीच, नेकपा (बहुमत) का महासचिव आदरणीय कमरेड कञ्चन आज महाराजगन्जस्थित शिक्षण अस्पताल पुगेर कमरेड किरणको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। उनले कमरेड किरणको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै परिवारजन र पार्टीप्रति ऐक्यबद्धता समेत प्रकट गरेका छन्।
कमरेड कञ्चनले कमरेड किरणको योगदान नेपाली क्रान्तिकारी आन्दोलनमा अमूल्य रहेको भन्दै अझ लामो समयसम्म उहाँको अनुभव र मार्गदर्शनको आवश्यकता रहेको बताए।