हिल्टन होटल काण्ड उजागर गर्ने पत्रकार विरुद्ध कारबाही: प्रेस स्वतन्त्रतामाथि दल–व्यवसायी गठबन्धनको हमला?”।

0
67

काठमाडौँमा पत्रकार दिलभूषण पाठक पक्राउ प्रयास, साइबर अपराध अभियोगमा अनुसन्धान

काठमाडौँ – चर्चित सञ्चारकर्मी दिलभूषण पाठकविरुद्ध साइबर अपराधसम्बन्धी अभियोगमा प्रहरीले अनुसन्धान अघि बढाएको छ। काठमाडौंको नक्सालस्थित अम्रपाली ब्यांक्वेट नजिकै रहेको उनको निवास वरिपरि सादा पोशाकमा खटिएको प्रहरी टोली देखिएको छ।

स्रोतका अनुसार प्रहरीको यो टोली साइबर ब्युरोबाट परिचालित गरिएको हो। ब्युरोका एक अधिकृतले काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भइसकेको जानकारी दिएका छन्। पाठकमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा उजुरी परेको हो।

सञ्चारकर्मी पाठकले आफ्नो युट्युब च्यानल ‘टफ टक’ मा ‘टफ एक्स्प्लेनर’ शीर्षकमा प्रसारण गरिएको एक सामग्रीमा नक्सालस्थित हिल्टन होटल खरिदसँग सम्बन्धित विवरण सार्वजनिक गरेका थिए। सो सामग्रीमा पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई उक्त होटल खरिदमा संलग्न भएको आरोप लगाइएको थियो।

पाठकले उक्त रिपोर्टमा हिल्टन होटलको खरिद प्रक्रिया शंकर ग्रुपका प्रबन्ध निर्देशक शाहिल अग्रवाल र व्यापारी दीपक भट्टसँग मिलेर गरिएको दाबी गरेका थिए। यस विषयमा परेका उजुरीका आधारमा प्रहरीले कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।

LEAVE A REPLY