महासचिव मोहन वैद्यको स्वास्थ्यमा सुधार, अस्पतालबाट घर फर्किए।

0
27

महासचिव मोहन वैद्यको स्वास्थ्यमा सुधार, अस्पतालबाट घर फर्किए

काठमाडौँ, असार २
क्रान्तिकारी कम्युनिष्ट आन्दोलनका वरिष्ठ नेता तथा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य ‘किरण’ आज त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन्।

केही समयअघि छातीमा देखा परेको स्वास्थ्य समस्याका कारण वैद्यलाई महाराजगञ्जस्थित अस्पतालमा भर्ना गरिएको थियो। उपचार पश्चात् स्वास्थ्यमा सुधार देखिएपछि उनलाई आज चिकित्सकको सल्लाहअनुसार घर फर्काइएको हो।

उनकी छोरी चेतना शर्माले जानकारी दिँदै भनिन् –
“अहिले उहाँको स्वास्थ्य अवस्था सन्तोषजनक छ। चिकित्सकहरूको निगरानीमा केही समय आराम गर्नु पर्नेछ।”

करीब एक महिनाको उपचारपछि अब वैद्य घरेलु आराममा बस्ने तयारीमा छन्। उनको उपचारमा संलग्न चिकित्सक टोलीले हालको स्थितिलाई सुधारोन्मुख भनेको छ।

राजनीतिक वृत्तमा गहिरो प्रभाव राख्ने वैद्य पछिल्लो समय प्रत्यक्ष राजनीतिक क्रियाकलापमा कम देखिए पनि विचार, रणनीति र संगठनको मार्गदर्शनमा सक्रिय भूमिका निर्वाह गरिरहेका छन्।

LEAVE A REPLY