भ्रष्ट कमाइमाथि कठोर छानबिन गरिनुपर्छ’ नेकपा (बहुमत) का नेताको  माग ।

0
45

‘भ्रष्ट कमाइमाथि कठोर छानबिन गरिनुपर्छ’ नेकपा (बहुमत) का नेताको   माग ।
जनप्रतिनिधि, कर्मचारी र सुरक्षानिकायका उच्च तहका सम्पत्ति सार्वजनिक गराउन माग

काठमाडौं, असार १० —
नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का स्थायी समिति सदस्य उदय बहादुर चलाउने ‘दीपक’ले सार्वजनिक पदमा रहेका व्यक्तिहरूको अकस्मात् समृद्धिमा प्रश्न उठाउँदै सम्पूर्ण सम्पत्तिको श्रोत छानबिन गर्न कडा माग गरेका छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक प्रतिक्रिया दिंदै उनले लेखेका छन्, “वडा अध्यक्षदेखि माथि संघीय सांसदसम्म, अधिकृतदेखि सचिवसम्म र सुरक्षानिकायका वरिष्ठ तहका सबैको सम्पत्ति अब छानबिनको घेरामा आउनुपर्छ।”

उनका अनुसार, देशमा बढ्दो आर्थिक अन्याय, वर्गीय विभाजन र जनताको विश्वासमाथि भएको घातको मूल जड नै अनियन्त्रित रुपमा थुपारिएको अवैध सम्पत्ति हो।

“जनताको पसिनाबाट सञ्चालित राज्य संयन्त्र के सत्तामा बसेकाहरूले आफ्ना परिवार र आफन्तका लागि सम्पत्ति थुपार्न बनाइएको हो?” उनले   कडा प्रश्न उठाएका छन्।

उनले संसदीय प्रणालीलाई नै भ्रष्टाचारको संरक्षकको रूपमा व्याख्या गर्दै भने, “वास्तविक परिवर्तन वैज्ञानिक समाजवादमार्फत मात्र सम्भव छ। अहिले भइरहेको सम्पत्ति छानबिनको नाटकले जनताको आक्रोश कम हुँदैन।”

उनले ज स्वतन्त्र, निष्पक्ष र राजनीतिक दबावविहीन सम्पत्ति छानबिन आयोग गठनको माग गर्दै सबै सार्वजनिक पदधारीहरूको सम्पत्ति विवरण अनिवार्य रूपमा सार्वजनिकीकरण गर्नुपर्ने बताए।

पछिल्लो समय वडाध्यक्षदेखि सांसद, सामान्य कर्मचारीदेखि उच्च तहका अफिसरसम्मको चमत्कारी समृद्धि र विदेशमा सम्पत्ति लगानी गरेको खुलासा भइरहेका सन्दर्भमा उनले यस्तो धारणा राखेका हुन्। जनताबीच फैलिँदो असन्तुष्टि र आक्रोशसँगै नेता चलाउने यस्तो अभिब्यक्ति हो।

LEAVE A REPLY