अब चुप लाग्दिनौं’ — सामाजिक गालीविरुद्ध एलिना र समीक्षाको प्रतिकार सुरु।

0
34

 

‘अब चुप लाग्दिनौं’ — सामाजिक गालीविरुद्ध एलिना र समीक्षाको प्रतिकार सुरु

काठमाडौं, असार १२
नेपाली सांगीतिक क्षेत्रकी लोकप्रिय गायिका एलिना चौहान र समीक्षा अधिकारीले सामाजिक सञ्जालमा गालीगलौज गर्नेहरूमाथि कडा प्रतिकार सुरु गरेका छन्। आफूहरूप्रति निरन्तर हुँदै आएको अपमानजनक व्यवहार सहन नसकी उनीहरूले आक्रोशित प्रतिक्रिया दिँदै सामाजिक सञ्जालमै ती प्रयोगकर्ताहरूको विवरण सार्वजनिक गर्न थालेका छन्।

पछिल्ला केही दिनदेखि यी दुई गायिकाले अभद्र र अशोभनीय टिप्पणी गर्ने व्यक्तिहरूका प्रोफाइल फोटो, नाम र कमेन्टको स्क्रिनसट सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन्। एलिनाले एक पोस्टमा स्पष्ट शब्दमा लेखेकी छन्, “कमेन्टको अत्याचार धेरै भयो। अब पालैपालो पोस्ट गर्छु।”

समीक्षाले पनि नकारात्मक, तुच्छ भाषा र व्यक्तिगत जीवनप्रति आघात पुग्ने किसिमका मेसेज तथा कमेन्ट गर्नेहरूमाथि प्रत्यक्ष नामै उल्लेख गरेर चेतावनी दिएकी छन्। साथै, यी कलाकारहरूले सार्वजनिक गरेका आइडी मध्ये कतिपय प्रयोगकर्ताहरूले माफी मागिसकेका छन्। उनीहरूले माफी मागिएको प्रमाण समेत आफ्नै प्रोफाइलमा सार्वजनिक गरेका छन्।

यो अभियानले सामाजिक सञ्जालमा सकारात्मक तरंग ल्याएको छ। यद्यपि, आलोचना र समर्थनको बहस पनि सुरु भएको छ।

यो प्रवृत्ति पहिलो पटक देखिएको भने होइन। यसअघि अभिनेत्री ऋचा शर्मा, टिकटक मोडल प्रिन्सी र प्रिज्मा खतिवडाले पनि आफ्नो आत्मसम्मानमा चोट पु¥याउने प्रतिक्रियाविरुद्ध यस्तै किसिमको प्रतिकार गरेका थिए।

कलाकारहरूका अनुसार व्यक्तिगत र मानसिक स्वास्थ्यमा असर पर्ने गरी सञ्जालमा गरिने दुर्व्यवहार अब सहन नहुने भएको छ। प्रहरी प्रशासनबाट ठोस कानुनी सहायता पाउन ढिलो हुने अवस्था भएपछि, उनीहरू आफूले भोगेको पीडालाई सार्वजनिक गरेर सामाजिक दबाबमार्फत चेतावनी दिन थालेका हुन्।

अबको सन्देश स्पष्ट छ — ‘गाली गरे चुप लाग्दैनौं।’

 

LEAVE A REPLY