
रवि लामिछानेमाथि भएको ‘राजनीतिक प्रतिशोध’ विरुद्धको हस्ताक्षर अभियानमा डा. बाबुराम भट्टराईको ऐक्यबद्धता।


रवि लामिछानेमाथि भएको ‘राजनीतिक प्रतिशोध’ विरुद्धको हस्ताक्षर अभियानमा डा. बाबुराम भट्टराईको ऐक्यबद्धता ।
काठमाडौं, असार १४ –
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा उपप्रधानमन्त्री रवि लामिछानेमाथि भइरहेको ‘राजनीतिक प्रतिशोध’को विरोधमा जारी हस्ताक्षर अभियानमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ऐक्यबद्धता जनाउने भएका छन्।
आज शनिबार डा. भट्टराई रास्वपाको केन्द्रीय कार्यालयमा पुगेर उक्त हस्ताक्षर अभियानमा सहभागी हुने कार्यक्रम रहेको छ। रवि लामिछानेमाथि पछिल्लो समय भएको राजनीतिक आक्रमणप्रति विरोध जनाउँदै रास्वपाले केही दिनदेखि हस्ताक्षर संकलन अभियान सञ्चालन गर्दै आएको छ।
पूर्वप्रधानमन्त्री भट्टराईको सहभागितालाई राजनीतिक वृत्तले ठूलो महत्त्वका साथ हेरिएको छ। स्वतन्त्र राजनीतिलाई दबाउने र निष्पक्ष विचारधारालाई लक्षित गरेर गरिएको आक्रमणको विरोध स्वरूप डा. भट्टराईले हस्ताक्षर गर्न लागेका हुन् भन्ने बुझिएको छ।
रास्वपाले यो अभियानलाई लोकतान्त्रिक मूल्य र स्वतन्त्र राजनीतिप्रतिको सम्मानका रूपमा अघि बढाएको जनाएको छ। सोही क्रममा डा. भट्टराईको समर्थन र ऐक्यबद्धता आउनुले थप जनसमर्थन र राजनीतिक ध्यान खिच्ने देखिएको छ।
यस अभियानमा विभिन्न राजनीतिकर्मी, विश्लेषक, तथा नागरिक समाजका व्यक्तिहरूको सहभागिता बढ्दै गएको छ। रवि लामिछानेमाथि भइरहेको व्यवहारलाई धेरैले सत्ता–केन्द्रित द्वेषको प्रतिफलका रूपमा व्याख्या गरिरहेका छन्।