
“धान सुक्यो रापले”: झुमा लिम्बूको स्वरम लोकगीतले मचायो धुम।।

“धान सुक्यो रापले”: झुमा लिम्बूको स्वरम लोकगीतले मचायो धुम।।

काठमाडौं, असार १५ –
नेपाली संगीत प्रेमीहरूको मन जितिरहेको गीत “धान सुक्यो रापले, बोलाउछ काफ्ले” पछिल्लो समय सामाजिक सञ्जाल र युट्युबमा अत्यधिक चर्चामा आएको छ। मौलिक भाव र ग्रामीण जीवनशैली झल्काउने यस लोकगीतमा मुख्य स्वर गायिका झुमा लिम्बू को रहेको छ।
गीतमा प्रस्तुत संवादात्मक शैली, किसान जीवनका भावनात्मक पाटोहरू, र एक विशेष पात्र “काफ्ले” लाई लिएर बन्ने कथा दर्शकका लागि नयाँ अनुभव बनेको छ। “जानु कि नजानु?” जस्तो सरल प्रश्नले गीतलाई झन रोचक बनाएको छ।
गीतको सिर्जनात्मकता, शब्दको गहिराइ र झुमा लिम्बूको प्रभावशाली प्रस्तुति संगीतप्रेमीहरूका लागि विशेष आकर्षण बनेको छ। साथै, सुझान चापागाईं को संगीत संयोजनले गीतलाई अझ कर्णप्रिय बनाएको छ।
यस गीतले दर्शक–स्रोतामाझ गाउँले परिवेश, प्रेम, र निर्णयको द्वन्द्वलाई कलाकारितामार्फत प्रभावशाली ढंगले उजागर गरेको छ। युट्युबमा सार्वजनिक भएको केही दिनमै गीतले लाखौं दर्शक पाएको छ र टेण्डिङमा समेत पर्न सफल भएको छ।
झुमा लिम्बू, जो आफैं लोक संगीत अनुसन्धानकर्ता समेत हुन्, भन्छिन्,
“मैले यो गीत गाउँदा किसान आमाबुबाको संघर्ष सम्झिएँ। काफ्ले एउटा पात्र मात्र होइन, त्यो हाम्रो समाजको प्रतीक हो।”
यस गीतले नेपाली मौलिक संगीतको महत्त्व झल्काउँदै गर्दा भविष्यमा पनि यस्ता गीतहरूलाई प्राथमिकतामा राख्नुपर्ने सन्देश दिएको छ।