
श्रीपशुपतिनाथ माहात्म्य तथा महाअनुष्ठान २०८२” को धार्मिक अनुष्ठानसँगै निःशुल्क स्वास्थ्य शिविर पनि आयोजना।


श्रीपशुपतिनाथ माहात्म्य तथा महाअनुष्ठान २०८२” को धार्मिक अनुष्ठानसँगै निःशुल्क स्वास्थ्य शिविर पनि आयोजना।
राजन थापा, काठमाडौं – २०८२ साउन ७ पशुपतिनाथ “अनेक दान एक समान कथा र पुराणमा दान र द्रव्यभन्दा पनि भाव चढाऔं” भन्ने मूल मन्त्रका साथ विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिको आयोजनामा साउन १ गतेदेखि सुरु हुने “श्रीपशुपतिनाथ माहात्म्य तथा महाअनुष्ठान २०८२” को सम्पूर्ण तयारी पूरा भएको छ। पवित्र श्रावण महिनाभरि भुवनेश्वरी–नाशलचोक, पशुपतिनाथ परिसरमा सञ्चालन हुने यस धार्मिक अनुष्ठानमा शिव महापुराण, श्रीमद्भागवत, श्रीराम कथा, श्रीमद्देवी भागवत, नेपाल माहात्म्य, श्रीरामायण चरित्रगाथा लगायतका विभिन्न ग्रन्थहरूको दिव्य वाचन गरिनेछ।
कथावाचनमा विविध उमेरका सहभागीहरू
कार्यक्रममा ९ वर्षीया विश्वकै कान्छी कथा वाचिका दिपसन सापकोटा, १५ वर्षीया आध्यात्मिक वाचिका देवी अभियान, योगमाया सखी जेरीलगायत चर्चित वाचकहरूको सहभागीता रहनेछ। यसले सम्पूर्ण कार्यक्रममा आध्यात्मिक ऊर्जा र सांस्कृतिक गहिराइ थप्ने अपेक्षा गरिएको छ।
स्वास्थ्य सेवा पनि सँगसँगै व्यवस्थापनमा पत्रकार राजन थापा धार्मिक अनुष्ठानसँगै साउन महिनाभरि निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरिनेछ, जसको सम्पूर्ण समन्वय र व्यवस्थापनको जिम्मेवारी पत्रकार तथा सामाजिक अभियन्ता राजन थापाले लिएका छन्।
थापाको अगुवाइमा:
ॐ समाज डेन्टल अस्पताल
स्तुपा अस्पताल
बि पि स्मृति अस्पताल
ईशान महिला तथा बाल अस्पताल
जस्ता प्रतिष्ठित स्वास्थ्य संस्था मार्फत दन्त उपचार, स्त्रीरोग, बालरोग, सामान्य चिकित्सा, र औषधि वितरण सेवा निःशुल्क उपलब्ध गराइनेछ। शिविर विपन्न, वृद्ध, महिला र बालबालिकालाई लक्षित गरेर सञ्चालन गरिनेछ।
राजन थापा भन्छन्:
“सेवा गर्न भित्री मनबाट आउनुपर्छ, अनि परिवार र सहकर्मी संस्थाहरूको सहयोगले यस्तो अभियान सम्भव हुन्छ। “सर्वसाधारणलाई सहभागिताको आह्वान
विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिका अनुसार, यस महाअनुष्ठानमार्फत श्रद्धालुहरूले धार्मिक पुण्य र सामाजिक योगदान दुबै प्राप्त गर्न सक्नेछन्।
कार्यक्रम संयोजक सागर थापा भन्छन्:
“अनेक दान एक समान कथा र पुराणमा दान र द्रव्यभन्दा पनि भाव चढाऔं”
साउन महिनाभरि चल्ने यो अनुपम आयोजनाले धर्म, सेवा र संस्कारको समन्वयात्मक उदाहरण प्रस्तुत गर्ने विश्वास आयोजकहरूले गरेका छन्