
कालोमोसो घटनामा संलग्न भन्दै नेकपा (बहुमतका) चितवन सक्रेटरी पक्राउ ।


चितवन — नापी कार्यालय खैरहनीका प्रमुख इन्जिनियर शालिकाराम लम्सालमाथि कार्यालय समयमा कालो मोसो प्रहार भएको घटना लगत्तै नेपाल कम्युनिष्ट पार्टी (बहुमत) चितवन जिल्ला सचिव क धुर्व खड्कालाई घरबाटै पक्राउ गरिएको छ।
प्रहरी स्रोतका अनुसार, लम्सालमाथि गरिएको कालो मोसो प्रहारमा धुर्व खड्काको संलग्नता देखिएको छ। घटनाको अनुसन्धान गर्दै प्रहरीले उनलाई पक्राउ गरी थप छानबिन अघि बढाएको छ
पूर्वी चितवनका विभिन्न स्थानमा जग्गा कित्ताकाट गर्दा घुस लिएकोकित्ताकाट गर्न नमिल्ने जग्गालाई समेत विभाजन गरेर भूमाफियालाई सहयोग पुर्याएको कारणले कालो मोसो प्रहार गरेको शो पार्टीको पर्चामा उल्लेख छ।











