आन्दोलनमा टपटेन खवरका पत्रकार अनिश खरेल गोली लागेर घाइते, स्वास्थ्य अवस्था खतरा मुक्त ।

0
14

आन्दोलनमा टपटेन खवरका प्रेश प्रतिनिधि (रिपोर्टर)अनिश खरेल घाइते

भदौ २३,काठमाण्डौ
काठमाण्डौमा प्रहरीले चलाएको गोली लागेर टपटेन खवरका रिपोर्टर अनिश खरेल घाइते भएका छन् ।

जानकारी अनुसार घाइते भएका उनलाई उपचारका लागि बि एण्ड बि हस्पिटल पुर्याइएको छ । २६ वर्षीय पत्रकार खरेल संघीय संसद नयाँ बानेश्वरमा भइरहेको प्रदर्शनको रिपोर्टिंग गर्ने क्रममा प्रहरीको गोली लागि घाइते भएका थिए । खुट्टामा गोलीको छर्रा लागेका खरेल स्वास्थ्य अवस्था खतरामुक्त रहेको कुरा उपचारमा संलग्न वरिष्ठ चिकित्सक बाबुकाजी श्रेष्ठले जनाएका छन् ।

जेनजी आन्दोलन हिंसात्मक बन्दा प्रहरीले चलाएको गोली लागेर काठमाडौं र इटहरीमा गरी १९ जनाको मृत्यु भएको छ भने पाँच सयभन्दा बढी घाइते भएका छन् ।

सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री पृथ्वी शुब्बा गुरुङ्का अनुसार आन्दोलनमा अराजक तत्वको घुसपैठ भई सार्बजनिक सम्पती तोड्फोड गरे पश्चात प्रहरीले बाध्य भएर गोली चलाउनु परेको बताएका छन् । उनका अनुसार सरकारले जेनजी प्रदर्शनमा जयान गुमाएकाहरूलाई उचित राहत उपलब्ध गराउने र घाइतेलाई निशुल्क उपचार गर्ने निर्णय भएको पनि बताए।

LEAVE A REPLY