महरा दोस्रो पटक पक्राउ: भेपमार्फत सुन तस्करी आरोपमा ।

0
5

पूर्वसभामुख कृष्णबहादुर महरा भेपमार्फत सुन तस्करी प्रकरणमा  पुर्न पक्राउ।

काठमाडौँ – माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ। महरालाई भेपमार्फत सुन तस्करी गरेको आरोपमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको सीआईबीले विज्ञप्तिमार्फत पुष्टि गरेको छ।

सीआईबीका अनुसार, महरा २०७९ सालमा विद्युतीय चुरोट (भेप) भित्र लुकाएर ल्याइएको ९ किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन्। घटनाको अनुसन्धान क्रममा महराले उक्त सुन छुटाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका भन्सार अधिकारीहरूलाई पटक–पटक दबाब दिएको भन्ने तथ्यसमेत पुष्टि भएको छ ।उनी २०८० चैतमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएका थिए र पछि बयानपछि रिहा भएका थिए। यसअघि पनि प्रहरीले महरासँग बयान लिएको थियो।

प्रहरीको अनुसन्धानअनुसार, २०७९ पुस १० गते फ्लाई दुबईको उडानबाट नेपाल आएका चिनियाँ नागरिक ली हान्सोङसँग ७३० थान इलेक्ट्रिक सिगरेट (भेप) भित्र छल–छलमार्फत सुन ल्याउने प्रयास भएको थियो। अनुसन्धानमा यो तथ्य बाहिर आएको छ कि सुन तस्करीमा संलग्न आपराधिक समूहले संगठित रूपमा आपराधिक लाभ उठाएको पाइएको छ।

सीआईबीले महराविरुद्ध संगठित अपराधको कसुर समेत लगाएको छ। यस प्रकरणले राजनीतिक र कानूनी दुवै दृष्टिले ठूलो प्रभाव पार्ने अनुमान गरिएको छ।

 

LEAVE A REPLY