सचेत नागरिक भण्डारीको अपिल: पैसा र लालचमा नबिकेर सच्चा नेतृत्व रोजौं

0
17

नुवाकोट । सचेत नागरिक अभियानका अध्यक्ष एवं अधिवक्ता रामेश्वर भण्डारीले नुवाकोटमा आगामी फागुन २१ गते हुने चुनावका लागि जनतालाई सचेत गराएका छन्।

हिजो स्वतन्त्र ब्यक्तिहरुले आयोजना गरेको  कार्यक्रममा बोल्दै, उनले सबै पार्टीमा राम्रो र नराम्रो दुबै प्रकारका नेता भएको उल्लेख गर्दै भने, “राम्रो नेतृत्व यसपाली जनता आफैंले रोज्नुपर्छ। अब केवल भाषण र फोटो खिच्ने नेताले काम हेरिदिने समय सकियो।”
भण्डारीले अबको चुनाव केवल जित्ने उद्देश्यका लागि मात्र  नभई जनताको वास्तविक काममा केन्द्रित नेतृत्वको लागि भएको उल्लेख गरे।  उनले जनतालाई सचेत गराउदै  भने, “अब जनता पैसा, मासुभात वा अन्य लालचमा पर्न नहुने र   आफ्नो मत केवल सच्चा र उत्तरदायी नेतृत्वलाई दिनुपर्छ।”

उनले हिजो नुवाकोटमा सत्तामा रहेका केही नेताहरूले जनताको काममा ध्यान नदिँदा अपेक्षित परिणाम नआएको स्मरण गराउँदै भने, “नेताहरू मुखि मात्रै होइनन्, काम गरेर देखाउनुपर्छ। अब भाषणमा भरोसा गर्ने समय सकियो।”

अधिवक्ताले भविष्यमा नुवाकोटमा समावेशी, योजनामुखी र परिणाममुखी नेतृत्वको आवश्यकतामा जोड दिनुभयो। “जनताको हरेक समस्या बुझ्ने, समाधानका लागि मैदानमै उत्रने नेतृत्व चाहिन्छ। केवल जयजयकार र नारामा सीमित नेता बाट विकास सम्भव छैन,” उनले स्पष्ट पारे।
भण्डारीले युवालाई सचेत भूमिका निभाउन प्रेरित गर्दै भने, “अनुभवी र नयाँ दुवै पक्षका सही मूल्यवाला नेतृत्वलाई मात्र समर्थन गर्नुपर्छ। अब जनता आफ्नो मतको मूल्य बुझेर निर्णय लिनुपर्छ।” उनले जनतालाई सक्रिय सहभागितामा जोड्दै आगामी चुनावलाई केवल राजनीतिक प्रतिस्पर्धा नभई समाज सुधारको अवसर बनाउन अपिल गरे।
अधिवक्ता भण्डारीले स्थानीय स्वास्थ्य, शिक्षा र पूर्वाधार क्षेत्रमा पनि काम गर्दै आएका छन्। उनले भने, “नेताहरू जनताको विश्वास जित्न भाषण मात्र होइन, काम गरेर देखाउनुपर्छ। अब जनता आफ्नो अधिकार र जिम्मेवारीलाई बुझेर मतदान गर्ने बेला आएको छ।”
उनको यो अभिव्यक्तिसँगै नुवाकोटमा नागरिक चेतना बढ्दै गएको देखिन्छ। भण्डारीको अपिल स्पष्ट छ—अब जनता केवल प्रचार र लालचमा नबिकेर उत्तरदायी, योजना र परिणाममुखी नेतृत्व रोज्नुपर्छ।

LEAVE A REPLY