रास्वपाको वैचारिक स्तर अझै परिपक्व छैन, राष्ट्रहितलाई प्राथमिकता दिन जरुरी छ : भिमेश्वर बाबा

0
34

रास्वपाको वैचारिक स्तर अझै परिपक्व छैन, राष्ट्रहितलाई प्राथमिकता दिन जरुरी छ : भिमेश्वर बाबा

माघ २९ ,   काठमाडौं । भिमेश्वर बाबा ( महावीर थापा)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रियतालाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याएका छन् । सञ्चारमाध्यमसँगको कुराकानीमा उनले रास्वपाको वर्तमान वैचारिक चिन्तन अझै उत्कृष्ट स्तरमा नपुगेको टिप्पणी गरेका हुन् ।

थापाले समसामयिक राजनीतिमा राष्ट्रहित र दीर्घकालीन दृष्टिकोणलाई केन्द्रमा राखेर रास्वपा लगायत दलले विचार निर्माण गर्नुपर्नेमा जोड दिए । उनका अनुसार केवल परिवर्तनको नाराले मात्र राजनीतिक स्थायित्व र राष्ट्रिय हित सुनिश्चित गर्न सक्दैन ।
यसअघि पनि भिमेश्वर बाबाले काठमाडौं

महानगरपालिकाका निवर्तमान मेयर बालेन शाहको कुण्डलीमा राजयोग रहेतापनि त्यसको सहि सदुपयोग हुन नसकेको बताएका थिए । बालेनले आफ्नो ग्रहबल र ज्योतिषीय संकेतलाई गहिरो रूपमा नबुझेको उनको दाबी छ ।
भिमेश्वर बाबाका भनाइहरू सामाजिक संजालमा व्यापक हेरिन्छ ।

LEAVE A REPLY