अखिल(क्रान्तिकारी) काठमाडौं जिल्लाको २७ औँ जिल्ला सम्मेलन भब्य रुपमा सम्पन्न ।

0
23

काठमाडौं । विद्यार्थीहरूका हक अधिकाराका निमित्त संघर्ष गर्ने विद्यार्थीहरूको संगठन अखिल(क्रान्तिकारी) काठमाडौं जिल्लाको २७ औँ जिल्ला सम्मेलन सम्पन्न भएको छ ।“आमुल शैक्षिक रुपान्तरणका निम्ति हाम्रो आन्दोलन ” ! “सुदृढ र सशक्त आन्दोलनका लागि २७औँ काठमाण्डौँ जिल्ला सम्मेलन ” !! भन्ने मुलनाराका साथ जिल्लाको सम्मेलन सम्पन्न भएको छ । उक्त जिल्ला सम्मेलनले ५५ सदस्यीय जिल्लासमिती निर्वाचित गरेको छ । काठमाडौं जिल्लाको २७ औँ सम्मेलनको बन्दसत्रले ३ जना उपाध्यक्ष , एक जना सचिव , १ जना सह – सचिव र १ कोषाध्यक्ष गरि सात सदस्यीय पदाधिकारी निर्वाचित गरेको हो । सम्मेलनबाट अध्यक्षमा हस्त निर्वाचित भएका छन् । उपाध्यक्षमा समीर वि.क . सम्झना गिरी र अमिर विष्ट गरि तिनजाना रहेका छन् भने सचिवमा देविका परियार , सह – सचिवमा नवीन र कोषाध्यक्षमा आरती रहेका छन् ।

अखिल(क्रान्तिकारी) काठमाडौं जिल्लाको २७औँ सम्मेलन भव्यतापुर्वक सम्पन्न भएको जिल्लाका नवनिर्वाचित सचिव देविकाले बताएकी छन् । सम्मेलनमा काठमाडौंका विभिन्न स्कुल र कलेजबाट प्रतिनिधि , पर्यवेक्षक , र संयमसेवक गरि ३०० जना बन्दसत्रमा सहभागी भएका थिए ।अखिल(क्रान्तिकारी) ले त्रि-चन्द्रबाट बृहत् र्‍यारीसहित सम्मेलनको उद्घाटन भएको पनि सचिव देविकाले उल्लेख गरिन ।

२७औँ जिल्ला सम्मेलनको अखिल(क्रान्तिकारी) का केन्द्रीय संयोजक एवम् खुल्ला सत्रका प्रमुख अतिथी मिलन राईले उद्घाटन गरेका थिए ।

सम्मेलनमा नेकपा (बहुमत) रक्तिम अतिथी , नेकपा (बहुमत) काठमाडौं जिल्लाका सेक्रेटरी विकाश, मजदुर संगठनका नेता बिक्रम , नेकपा (बहुमत) का नुवाकोट सेक्रेटरी बादल , महिला जिल्ला अध्यक्ष जुना दाहल , युवाका जिल्ला अध्यक्ष रबिन्द्र , युवा जनसंयमसेवकका नेता नवराज , किसानका जिल्ला संयोजक कृष्णा रायामाझि लगायत अतिथि रहेका थिए भने ।

विद्यार्थी संगठनबाट संगठनका निवर्तमान केन्द्रीय सह-संयोजक बिरेन्द्र शाह , निर्वतामान महासचिव रुपा बुढामगर , केन्द्रीय आयोजक समिती सदस्य एवम् बाग्मती इन्चार्ज रामबहादुर तिरुवा , केन्द्रीय सम्मेलन आयोजक समिती सदस्य डि.बि. बुढाथोकी , केन्द्रीय सम्मेलन आयोजक समिती सदस्य बाग्मती प्रदेश संयोजक गोबिन्द बिष्ट , राष्ट्रिय सम्मेलन आयोजक समिती सदस्य एवम् CTEVT विशेष सनिती संयोजक डि.बि शाही , राष्ट्रिय सम्मेलन आयोजक समिती सदस्य एवम् क्याम्पस जिल्ला इन्चार्ज रबिना सथसंकर , क्याम्पस जिल्ला संयोजक लक्ष्मी पाण्डे लगायतको आतिथ्यता रहेका सचिव देविकाले बताईन ।

 

LEAVE A REPLY