
अराजक अभिव्यक्तिको आरोपमा दुर्गा प्रसाईं मध्यरातमै घरबाट पक्राउ”।


दुर्गा प्रसाईं पक्राउ
काठमाडौं, २ मंसिर । राजावादी अभियन्ता दुर्गा प्रसाईंलाई भक्तपुरस्थित उनको घरबाट प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले सोमबार मध्यरात उनलाई नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ।
प्रसाईंले पछिल्ला दिनमा हिंसा भड्किन सक्ने प्रकारका अराजक अभिव्यक्ति दिँदै गतिविधि चलाएको आरोपमा उनी पक्राउ परेका हुन्।
यसअघि १५ चैतमा भएको हिंसात्मक आन्दोलनपछि पनि प्रसाईंलाई प्रहरीले पक्राउ गरेको थियो र अदालतको आदेशपछि उनी छुटेका थिए।
बैंक ऋण मिनाहा गर्नेदेखि राजावादी आन्दोलनलाई चर्काउँदै आएका प्रसाईं पछिल्लो समय नयाँ प्रदर्शनको तयारीमा रहेका बेला पुनः पक्राउ परेका हुन्।











