
आगमन एकेडेमीमा निःशुल्क दन्त तथा स्वास्थ्य परीक्षण शिविर सम्पन्न।


आगमन एकेडेमीमा निःशुल्क दन्त तथा स्वास्थ्य परीक्षण शिविर सम्पन्न
– राजन थापा, काठमाडौं | जेठ २०
तारकेश्वर नगरपालिका–४, पुरानो गुहेश्वरीस्थित आगमन एकेडेमी सेकेन्डरी स्कुलले विद्यार्थीको समग्र विकासमा जोड दिँदै निःशुल्क दन्त तथा स्वास्थ्य परीक्षण शिविर सफलतापूर्वक सम्पन्न गरेको छ।
“शिक्षा केवल किताबी ज्ञानमा सीमित हुनुहुँदैन, विद्यार्थीको शारीरिक र मानसिक स्वास्थ्यमा समेत विद्यालयले भूमिका खेल्नुपर्छ” भन्ने उद्देश्यका साथ विद्यालयले ॐ समाज डेन्टल अस्पताल, वनस्थली शाखाको सहकार्यमा उक्त शिविर आयोजना गरेको हो।
विद्यालय परिसरमै जेठ २० गते सम्पन्न उक्त शिविरमा प्राथमिकदेखि माध्यमिक तहसम्मका करीब ४२० जना विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गरिएको विद्यालयकी प्रधानाध्यापक मनिता छत्कुलीले जानकारी दिइन्।
शिविरमा ॐ समाज डेन्टल अस्पतालकी शाखा प्रमुख सविना पपनको नेतृत्वमा दन्त विशेषज्ञ डा. गौरी श्रेष्ठ, डा. वर्षा कार्की, डा. उषा र दन्त सहायक जुनु पण्डितको टोलीले परीक्षण कार्य सम्पन्न गरेका थिए। परीक्षणमा सहभागी विद्यार्थीमध्ये झण्डै ७५ प्रतिशतमा विभिन्न दन्त समस्या पाइएको बताइएको छ।
शिविरपछि विद्यालय र ॐ समाज अस्पतालबीच औपचारिक समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ











