आफ्नो जिल्लामा विश्वास नजितेका नेताले देश बनाउन सक्दैनन् : अभियन्ता राजु राई

0
54

सचेत नागरिक अभियान नेपालका अभियन्ता राजु राईले  सामाजिक संजाल फेसबुक मार्फत  शीर्ष नेताहरू प्रति लक्षित गर्दै  कडा असन्तुष्टि व्यक्त गरेेका छन् ।

उनले लेखेका छन्—आफ्नो जिल्लाका जनतासँग विश्वास नजिती देशभरि घुम्ने नेता देश बनाउँदैनन्। राईले यस्ता नेताका पछि लाग्ने दलका कार्यकर्ता र ‘झोले’ प्रवृत्तिविरुद्ध ठोकुवा गर्दै सचेत नागरिकहरूलाई गाउँ–गाउँबाट उठ्न आह्वान गरेका छन्।
उनको दाबी छ, “जनताको विश्वास नपाएको नेता देशभरि भाषण गर्दै हिँडेर देश बनाउँछ भन्ने भ्रम फैलाइँदै छ। अब यो झूट स्वीकार्य छैन।”
सचेत नागरिक अभियानका अभियन्ता राईले तीन करोड नेपाली नागरिक सचेत हुनुपर्नेमा जोड दिएका छन्। उनका अनुसार देश केवल नेताको भाषणले होइन, नागरिकको दबाबले मात्र अगाडि बढ्छ। “अब गाउँ–गाउँमा प्रश्न सोध्ने, हिसाब माग्ने र गलत प्रवृत्तिलाई बाटोबाटै फर्काउने समय आएको छ।”
राजु राईले राजनीतिक दलभित्र मौलाएको अन्धभक्त ‘झोले’ संस्कृतिले लोकतन्त्र कमजोर बनाइरहेको ठोकुवा पनि गरेका छन्। “नेताको गलत कामलाई पनि सही ठान्ने झोले संस्कृतिले देशलाई पछाडि धकेलेको छ। यसको अन्त्य नभएसम्म न त सुशासन आउँछ, न त विकास।”
उनको यो आक्रोशपूर्ण अभिव्यक्तिलाई सामाजिक सञ्जालमा व्यापक समर्थन मिलिरहेको छ। धेरैले राईको भनाइलाई समयसापेक्ष र यथार्थपरक भन्दै साझा गरिरहेका छन्।

LEAVE A REPLY