. “कति पैसा खायौ पत्रकारहरू? हर्क साम्पाङको आक्रोशपूर्ण प्रतिवाद”

0
32

. “कति पैसा खायौ पत्रकारहरू? हर्क साम्पाङको आक्रोशपूर्ण प्रतिवाद”

धरान, असार ४ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पछिल्ला दिनमा केही पत्रकार तथा समूहद्वारा फैलाइएको अफवाहप्रति कडा आपत्ति जनाएका छन्। साम्पाङले सामाजिक सञ्जालमार्फत श्रमदान कार्यक्रममा सहभागीहरुलाई पैसा दिएको भन्ने आरोपलाई सशक्त रुपमा खण्डन गरेका छन्।

“दुई चार वटा पार्टीका झोले पत्रकारहरुले श्रमदाताले पैसा लिए भनेर अफवाह फैलाइरहेका छन्”, साम्पाङले भने, “यो त श्रमदाताको योगदानको मूल्याङ्कन हो, पैसा लिएको होइन।”

साम्पाङको भनाइ अनुसार, नागरिक स्वयंसेवकहरूले स्वस्फूर्त रुपमा धरानको सरसफाइ, पानी व्यवस्थापन, सडक निर्माण जस्ता जनकार्यहरूमा श्रमदान गर्दै आएका छन्। यस्ता जनश्रममा सहभागीहरुलाई स्थानीय तहबाट केही सामग्री, खानपिन वा यातायात सहायता दिनुलाई ‘पैसा लिएको’ भनेर प्रचार गर्नु दुर्भाग्यपूर्ण भएको उनले बताए।

“पार्टीहरुले कति पैसा दिए तिमीहरुलाई यो अफवाह फैलाउनका लागि?” भन्दै साम्पाङले संचार माध्यमको निष्पक्षता माथि पनि प्रश्न उठाएका छन्।

यस अघि केही अनलाइन मिडिया र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले श्रमदानमा सहभागी व्यक्तिहरूलाई ‘पैसा खाएर आएका’ आरोप लगाउँदै पोस्टहरू सार्वजनिक गरेका थिए। तर स्थानीय बासिन्दाहरूले भने साम्पाङको नेतृत्वमा भइरहेको ‘जनश्रम अभियान’लाई जनताको सशक्त सहभागिता भएको भन्दै समर्थन जनाउँदै आएका छन्।

धरान उपमहानगरपालिकामा मेयर बनेपछि हर्क साम्पाङले कुनै पनि विकास निर्माण कार्य ठेक्कापट्टा नभइ श्रमदानबाट सम्पन्न गरिने नीति अघि सारेका छन्। यसै अन्तर्गत उनले सडक सफा, खानेपानी संरक्षण र वातावरणीय सुधारका क्षेत्रमा जनसहभागिता बढाउने प्रयास जारी राखेका छन्।

LEAVE A REPLY