ताजा अपडेट: रास्वपा र उज्यालो नेपालबीच पार्टी एकताको सहमति

0
21

ताजा अपडेट: रास्वपा र उज्यालो नेपालबीच पार्टी एकताको सहमति
काठमाडौं । लामो समयदेखि चलिरहेको छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच आज पार्टी एकताको औपचारिक सहमति भएको छ। यो सहमतिमा रास्वपा सभापति रवि लामिछाने, काठमाडौं महानगर मेयर बालेन्द्र शाह (बालेन) र ऊर्जामन्त्री कुलमान घिसिङ मुख्य भूमिकामा देखिएका छन्।
सहमतिका मुख्य पक्षहरू यस प्रकार छन्:
पार्टीको सभापति रवि लामिछाने नै रहने।
उपसभापतिमा कुलमान घिसिङ (दोस्रो वा उच्च वरीयतामा), डीपी अर्याल र स्वर्णिम वाग्ले।
चुनाव चिन्ह घण्टी नै कायम रहने।
कुलमानको टोलीबाट समानुपातिक सूचीमा उल्लेख्य स्थान दिने व्यवस्था।
यसअघिको रवि-बालेन सहमति अनुसार बालेनलाई भावी प्रधानमन्त्री उम्मेदवारका रूपमा अघि सारिने।
यो एकताले वैकल्पिक राजनीतिक धारलाई थप मजबुत बनाउने विश्वास गरिएको छ। तीनै नेता अब एउटै प्ल्याटफर्मबाट आगामी निर्वाचनमा अगाडि बढ्ने भएका छन्। सहमति पत्रमा हस्ताक्षर भइसकेको विभिन्न स्रोतहरूले जनाएका छन्।
यो विकासले नेपाली राजनीतिमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ। आधिकारिक घोषणा चाँडै हुने बताइएको छ।

LEAVE A REPLY