“देशको वर्तमान नेतृत्वको कमजोर अवस्थाबारे गौतमको कडा असन्तुष्टि 

0
40

  “देशको वर्तमान नेतृत्वको कमजोर अवस्था बारे गौतमको कडा असन्तुष्टि 

काठमाडौं —   नुवाकोटका  समाजिक अभियन्ता तथा युवा नेता राजन गौतम (नकुल) ले देशले भोगिरहेको वर्तमान समस्याका मूल कारण नै  नेतृत्वको कमजोरी रहेको आरोप लगाएका  छन्।  उनले नेतृत्वको गुण, क्षमता र नैतिकताले नै प्रत्येक परिणामको दिशा तय गर्ने भन्दै “नेतृत्व सही वा गलत हुनु नै परिणामको आधार” भएको स्पष्ट पारे।

उनका अनुसार विचार, नारा वा योजनाहरू कति नै उत्कृष्ट भए पनि नेतृत्वमा दृढता, जवाफदेहिता र दूरदर्शिता नहुँदा कुनै पनि राष्ट्र सही मार्गमा अघि बढ्न सक्दैन। “विचार राम्रो भए पनि नेतृत्व कमजोर पर्‍यो भने त्यसले देशलाई सही दिशामा लैजानै सक्दैन,” गौतमले भनेका छन्। अहिले देखिएको राजनीतिक अस्थिरता, सुशासनको अभाव, युवा निराशा र विकासको सुस्त गतिलाई उनले कमजोर नेतृत्वको प्रत्यक्ष परिणामका रूपमा व्याख्या गरे।

गौतमले अबको आवश्यकता योग्य, इमानदार र दीर्घदृष्टि भएको नेतृत्वमार्फत जनताको आशा–आकांक्षा पूरा गर्नेतर्फ गम्भीर ध्यान दिनुपर्ने औंल्याएका छन् ।   उनका अनुसार नेतृत्व परिवर्तन र सुधारबिना देशले स्थायित्व, विकास र सुशासनको स्तरमा उछाल ल्याउन सक्दैन। उनले प्रत्येक नागरिकले सही नेतृत्व चयनमा सजग हुनुपर्ने तथा प्रणालीगत सुधारलाई प्राथमिकतामा राख्नु पर्ने सुझाव दिएका छन् ।

LEAVE A REPLY