
नुवाकोट विकासमा जिम्मेवारी अपरिहार्य—राजन गौतम नकुल


नुवाकोट विकासमा जिम्मेवारी अपरिहार्य—राजन गौतम नकुल
नुवाकोट—इतिहास, प्रकृति र संस्कृतिको धनी नुवाकोट केवल पहिचान मात्र नभई सम्भावनाको भण्डार भएको युवा नेता तथा सामाजिक अभियन्ता राजन गौतम (नकुल) ले बताएका छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा स्पष्ट लेखेका छन् कि पछिल्ला दशकमा वास्तविक जनताको मूल्य बुझ्न नसकिएको प्रति गहिरो असन्तुष्टि ब्यक्त गरेका हुन्। पुराना नेताले योजना भन्दा उपेक्षा, संरक्षणभन्दा राजनीतिक स्वार्थलाई प्राथमिकता दिएका नकुलले आरोप लगाए । पुराना नीति र दृष्टिकोणका कारण ऐतिहासिक सम्पदा, प्राकृतिक स्रोत र सांस्कृतिक पहिचानलाई ओझेलमा परेको उनले स्पष्ट पारेका छन्। “अब विकास केवल नारामा मात्र सीमित नभइ जिम्मेवारी, नीति र जनसहभागिता पनि अनिवार्य आवश्यक रहेको उनको तर्क छ।
स्थानीय भेटघाट र कार्यक्रमहरूमा उनले आपत्ति पनि जनाए— “धेरै योजना जनसहभागिता र जवाफदेहिता बिना मात्र घोषणा हुँदैछ टिकाउ विकास सम्भव नभएको उनको दाबी छ। साथै नकुलले स्मरण गराए कि इतिहास र संस्कृति केवल स्मरणमा सीमित नराखी नीति र दृष्टिकोणमा उतारेर अगाडि बढाउनुपर्ने उनको जोड दिएका छन् ।
स्थानीय स्रोतका अनुसार, नकुलका पहलहरूले जनतामा जागरुकता ल्याएको छ र युवा नेतृत्वको महत्व स्पष्ट देखाएको छ। उनका कार्यक्रम र भेटघाटले जिम्मेवारीपूर्ण, पारदर्शी र सिर्जनशील दृष्टिकोणको आवश्यकता औँल्याएको स्रोतहरूले बताएका छन्।











